स्वास्थ्य कार्यालय बागलुङबाट नौ जना कर्मचारीलाई एकै चोटी विदाई !

बागलुङ २०७६ साउन १० । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङले कार्यालयमा कार्यरत नौ जना कर्मचारीलाई शुक्रबार एक कार्यक्रमका विच विदाई गरेको छ । कार्यालयबाट सेवा निबृत हुने र संघियता कार्यान्वयन सँगै संमायोजनबाट सरुवा भै जाने कर्मचारीहरुलाई विदाई गरेको हो । कार्यालयबाट जनस्वास्थ्य अधिकृत जिवन कुमार शाक्य र पब्लिक हेल्थ नर्स सेवा निबृत भएका छन । दुवैले झण्डै ३ दशक यसै कार्यालयमा सेवा गरेका थिए ।

त्यसैगरी कार्यालयबाट सरुवा भै जाने शाखा अधिकृत मुकुन्द प्रसाद आचार्य, लेखापाल रामचन्द्र पौडेल र दयाराम शर्मा, स्टोरकिपर तथा अधिकृत छैठौ तेजप्रसाद निउरे, खरिदार मायाँदेवी शर्मा, कार्यालय सहयोगी बुद्धि बहादुर घर्ती र गौमती जिसीलाई एक कार्यक्रमका बिच विदाई गरिएको हो ।

सरुवा भएर जाने कर्मचारीहरु केन्द्र प्रदेश र स्थानिय सरकारको माताहका कार्यालयमा रहेका छन ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले जुन कार्यालयमा रहे पनि आफ्नो कार्य सम्पादनमा निपक्ष ढंगले लाग्नका लागि आग्रह गर्दै निबृत्त भै जानेका लागि आफ्नो जिन्दगीलाई सधै सुखी र खुसीपूर्वक विताउन ल शुभकामना दिए ।

कार्यक्रममा सेवा निवृत जनस्वास्थ्य अधिकृत जीवन कुमार शाक्य, पब्लिक हेल्थ नर्स हरिकाँशी पालिखे, शाखा अधिकृत मुकुन्द्र प्रसाद आचार्य, स्टोरकिपर तेजप्रसाद निउरे, लेखापाल द्धय रामचन्द्र पौडेल, दयाराम शर्मा, खरिदार मायाँदेवी शर्मा, र कार्यालय सहयोगी बुद्धि बहादुर घर्ति लगायतले कार्यालयमा रहँदा आफ्ना अनुभवहरु राखेका थिए ।

कार्यक्रम बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीको अध्यक्षता सूचना अधिकारी घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.