जैमिनीमा रहेका १७ सुकम्बासीलाई घर बनाई दिएर सुकाम्बासी मुक्त नगर बनाईने पौडेलको उद्घोष !

कम खर्चमा धेरैजना सहभागी भएर जापान भ्रमणमा जाने तयारीमा छौँ – नगर प्रमुख पौडेल

कोपिला कंडेल, बागलुङ २०७६ साउन १० । जैमिनी नगरपालिकाले आफ्नो नगरलाई सुकुम्बासी मुक्त नगर बनाउने योजना रहेको जनाएको छ । जैमुनी नगरपालिकामा १७ घर परिवार सुकुम्बासी रहेको र तिनलाई स्थाई बसोबासको ब्यवस्था मिलाईने योजना गरेको नगर प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए ।

शुक्रबार बागलुङमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख पौडेलले जैमिनी नगरपालिकाले गत वर्षदेखि सुकुम्बासी मुक्त नगर बनाउनका लागि दश वटै वडामा पुगेर सुकुम्बासी छनौट गरि गरेको जानकारी समेत दिए ।

खान बस्न नपाएर कोही पनि सडकमा आउन नपरोस नगर प्रमुख पौडेलले भने त्यसको लागि हाम्रो पालिकाले सार्वजनिक भवनको अवधारणा समेत ल्याएको छ । राज्यको लगानीलाई जतिसक गरिब दुखीको भलाई र सम्मृद्ध नगर निर्माणको लागि प्रयोग गर्नेछौ, त्यसको लागि नगरपालिकाले बिशेष योजनाका साथ अगाडी बढ्ने छ, पौडेलको भनाई थियो । नगरपालिकामा बिभिन्न १३ दिगो सडक निर्माणका साथ अगाडी बढेको उनले बताए । सबै ठाउंमा कालोपत्रेनै हुनुपर्छ भन्ने छैन, नगरप्रमुख पौडेलले भने, कालोपत्रे अत्यन्त महंङ्गो पर्ने भएकाले जसरी हुन्छ टिकाउ हुने तरिकाले दिगो सडक निर्माणमा जुट्ने छौ । काम गर्नेक्रममा केही प्राबिधिक त्रुटीका कारण केही कमिकमजोरी भएपनि आगामी दिनमा सचेत पुर्बक काम गर्ने उनको भनाई छ ।

त्यसैगरी नगर प्रमुख पौडेलंले जैमुनी नगरपालिका कृषिको सम्भावनाको क्षेत्र भएकाले सुन्तला कागती अलैची मह उत्पादनमा बिशेष जोड दिने बताए । हामीले कृषकलाई राहत हुने खालका कार्यक्रम ल्याएका छौ नगर प्रमुख पौडेलले भने, उत्पादित बस्तुले बजार नपाएमा त्यसको जिम्मा नगरपालिकाले लिने छ । उनले जैमुनी गाउंका नगरपालिका भएकाले काम गर्न चुनौती रहेको समेत बताए ।

पौडेलले नगरपालिकाले २ वर्षमा स्थास्थ्य, शिक्षा, यातायात लगायतका क्षेत्रहरुमा सुधार गरेको बताउँदै ती क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि जैमिनी नगर लागि रहेको बताए ।

जापान भ्रमणको बिषयलाई लिएर पत्रकारले सोधेको प्रश्नमा पौडेलले जतिसक्यो कम खर्चमा धेरैजना सहभागी भएर त्यहां भएका राम्रा कुरालाई नगरपालिकामा लागु गर्ने बताए । जैमुनी नगरकार्यपालिका र अन्य सरोकारवाला संग छलफल गरेर जापन भ्रमणको निर्णय भईसकेकाले निर्णय रोक्न केही अप्ठेरो हुन्छ पौडेलले भने, भ्रमणलाई उपलब्धी मुलक बनाउन प्रयास गर्छौँ । बिदेशीले गरेका राम्रा कुराहरुलाई जैमुनीमा लागु गर्ने उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.