आव २०७५/७६मा ९ हजार ४ सय ४५ सवारी कार्बाहीमा, रु ५७ लाख १५ हजार राजश्व संकलन !

कोपिला कंडेल, बागलुङ २०७६ साउन १० । जिल्ला ट्राफिक प्रहरी कार्यलय बागलुङले गत आर्थिक बर्ष २०७५/७६ मा रु ५७ लाख १५ हजार राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरी नियम बिपरीत संचालन गरिएका ९ हजार ४ सय ४५ सवारी कारबाहीबाट सो राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले ईबागलुङलाई बताए ।

आर्थिक बर्ष २०७४।७५ मा ७ हजार ८ सय २४ सवारी कारबाहीमा परेका थिए । गत बर्षको तुलनामा यो बर्ष सवारी दुर्घटना बढेको ट्राफिक प्रमुख रानाभाटले बताए । रानाभाटका अनुसार आर्थिक बर्ष ०७५/७६ मा ट्रक ६ सय ४१ बस ६ सय १८ जिप ४ हजार ४ सय ८० ट्याक्टर १ हजार १२ मोटरसाईकल २ हजार ६ सय ५४ र अन्य ४० गरी ९ हजार ४ सय ४५ सवारी कारबाहीमा परेका थिए । त्यसैगरी यो बर्ष २५ वटा सवारी दुर्घटनामा परेका थिए । सवारी दुर्घटना बाट जिल्लामा १७ जनाको ज्यान गएको र २९ जना घाईते भएको ट्राफिक प्रहरी प्रमुख रानाभाटले जानकारी दिए ।

ट्राफिक नियमको उल्लङ्घन गरि दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारी मोटरसाइकल र स्कुटरहरु बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडक दुर्घटना न्युनीकरणका लागि नियम बिपरित सवारी संचालन हुने सवारी साधनलाई कारबाही गरिने ट्राफिक प्रमुख रानाभाटको भनाई छ ।

‘हामी जिल्लामा सवारी अनुशासन कायम गर्न प्रयासरत छौं, यसमा सबैको सहयोग र सद्भावको आवश्यकता रहन्छ, प्रमुख रानाभाटले भने, बढ्दो सहरीकरण संगै बढ्दो सवारी चापले गर्दा हुन सक्ने दुर्घटनाको अन्त्यका लागि नियम सम्वतरुपमा सवारी संचालन सहयोग गर्न आग्रह गरिन्छ ।

बिशेष गरी चर्को ध्वनी प्रदुषण बढि स्पीडमा सवारी हाक्ने तथा बिना लाईसन्स सवारी चलाउने लगायतका ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन र चालकलाई नियन्त्रणमा लिई कारबाही गरिदै आएका ट्राफिक प्रहरी जवान कमल परियारले बताए । बागलुङ्ग जिल्लालाई दुर्घटना मुक्त बनाउन ट्राफिक नियमलाई पुर्ण पालना गरी प्रहरीलाई सहयोग गर्न उनले आग्रह समेत गरे।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *