जन्मदिनको अवसरमा वालमन्दिर बिद्यालयलाई रोयस्टम प्रदान !

निर्मल पौडेल पर्वत १० साउन २०७६ एन एल जि इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यलय कुस्माका प्रमुख नारायण भुषालले आफ्नो जन्मदिनको अवसरमा वालमन्दिर प्राथामिक बिद्यालयलाई रोयस्टम प्रदान गरेका छन्। सामाजिक कार्यमा सकृय भुसालले आफ्नो २८ औँ जन्मदिनको अवसरमा बिद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै रु ७ हजार वरावरको रोयस्टम प्रदान गरेका हुन।

कुस्मा नगरपालिका ५ मा अवस्थित वालमन्दिर बिद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री प्रदान गरेका हस्तान्तरण गरिएको हो । कार्यक्रममा वोल्दै नेपाल वाल संगठन जिल्ला कार्यसमिती पर्वतका सभापती तथा बिद्यालयका अध्यक्ष निर्मल विश्वकर्माले विभिन्न दाताहरुको सहयोग जुटाएर विधालय सञ्चालन गरिराखेको वेला विधालयलाई अत्यावस्यक रहेको रोयस्टम प्रदान गर्नुहुने भुसाललाई धन्यवाद संगै जन्मदिनको शुभकामना प्रदान गरे।

कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले सहयोगी भावना भएका भुसालले बिद्यालयलाई उक्त सामाग्री प्रदान गर्नु निकै सह्रानिय भएको वताएका थिए । भुसालले जन्मदिन मनाउने वहानामा फजुल खर्च गर्नुभन्दा सानो भएपनि बिद्यालयलाई सहयोग गरेको वताए । कार्यक्रममा बिद्यालयका शिक्षक व्यवस्थापन समितीका पदाधिकारी, पत्रकार, वुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.