सत्यवतीको पहिरोमा परि ज्यान गुमाएका प्रति गुल्मी काँंग्रेस व्दारा शोक व्यक्त !

मनु सुनार, गुल्मी २०७६ साउन ९ । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परि ज्यान गुमाएका प्रति नेपाली कांँग्रेस गुल्मीले शोक व्यक्त गरेको छ ।

बिहिबार प्रेस विज्ञप्ती मार्फत शोक व्यक्त गदै कांँग्रेस गुल्मीले सत्यवती गाउँपालिकाको वडा नं ३ ठुलोलुम्पेकमा ५ जना र वडा नं –४ लिम्घामा ८ जनाको मृत्यु भएको तथा अन्य दुई जना घाइते भएको घटनाले नेपाली कांग्रेस गुल्मी स्तब्ध भएको जनाएको छ ।

नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठद्धारा हस्ताक्षित प्रेस विज्ञप्तीमा पीडितहरुका लागी राहत उपलब्ध गराउन तथा उनीहरुको पुर्नस्थापनाका लागि सरकार समक्ष जोड्दार माग गरिएको छ ।

घटना लगत्तै नेपाली कंग्रेस गुल्मीको तर्फबाट उपसभापति बिष्णुप्रसाद बलालको नेतृत्वमा पार्टी तथा भातृ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु उद्धारमा संलग्न भएको उल्लेख गदै भातृ सङगठनका सदस्यहरुलाई सहयोगका लागि परिचालन हुन आग्रह पनि गरिएको छ ।

विपतको घडिमा पीडितहरुको पुर्नस्थापनाको कार्यमा कंग्रेस सधै प्रतिवद्ध रहने कंग्रेस गुल्मीका सभापति श्रेष्ठद्धारा जारी प्रेम विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.