पन्ध्र वर्षिया बालिकालाई बन्धक बनाई ८ दिन सम्म यौन दुराचार गर्ने पक्राउ !

पोखरा २०७६ साउन ९ । पोखराको एक होटेलमा १४ वर्षिया बालिकालाई बन्धक बनाई अनैतिक कृयाकलाप गरेको अभियोगमा उदयपुर चौदण्डी नगरपालिका(७ बस्ने मोरङ बिराटनगर घर भएका २८ वर्षीय राकेश कुमार कानोडियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

निजले पोखरा महानगरपालिका(६ लेकसाईड डिहिगोपाटन स्थित द कन्ट्री यार्ड होटलमा उदयपुर बस्ने १४ वर्षीया बालिकालाई उक्त होटलको कोठामा ल्याई बालिकाले प्रयोग गरेको मोबाइल नियन्त्रणमा लिई अविभावकसँग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई बिगत ८ दिनदेखि जबरजस्ती करणी समेत गरेको जानकारी प्राप्त भएपछी प्रहरीव निजलाई पक्राउ गरेको बताएको छ ।

यसैबीच श्रीमतीले दाउ प्रहार गर्दा गम्भीर घाइते भएका पोखरा महानगरपालिका-१६ गोष्टेस्थित शिवालय ठाँटी समाज घरमा बस्ने सुक राम परियारको बिहीबार बिहान मृत्यु भएको छ ।
उनकी बोल्न नसक्ने श्रीमती सिता परियारले एक्कासी दाउ प्रहार गर्दा बुधबार साँझ गम्भीर घाइते भएका सुकरामको मातृ शिशु अस्पतालमा लगेर उपचार गरी घर फिर्ता गरेपछि मृत्यु भएको हो । प्रहरीले सिता परियारलाई पक्राउ गरेको बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.