हाँस्यकलाकार रेग्मीको मुटुमा प्वाल : अप्रेशन गर्न आर्थिक अभाब भएकाले सबैसंग सहयोगको अपील !

छविलाल पाण्डे बुर्तिबाङ २०७६ साउन ९ । निसीखोला गाउँपालिका वडा नं.४ झिवाखोलाका श्यामलाल रेग्मी (वसन्तर्) लाई मुटुसम्बन्धी रोगले च्यापेपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

निसीभूजी क्षेत्रमा हास्य बँग्य कलाकारको रुपमा परिचित १९ बर्षिय रेग्मीको मुटुमा प्वाल (ब्क्इ ऋयिकगचभ) परेपछि अप्रेशन गनुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । अहिले उनी आर्थिक सँकट परेका छने हो । गत जेठ १२ गते मुटु दुखेपछि चेकजाँचका लागि काठमाडौ स्थित मनमोहन कार्डियो थेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका रेग्मीलाई मुटुको विच भागमा प्वाल रहेको र त्यसको अप्रेशनका निम्ती रु ६ लाख रुपैयाँ लाग्ने चिकित्कसकले बताएपछि आर्थिक व्यवस्थापनका लागी छटपटाई रहेका छन् । आफ्नो आम्दानीको श्रोत केहि नभएको र घरको आर्थिक अवस्था समेत दयनीय रहेकोले यति धेरै रकम घरबाट जाहो गर्न नसकिने भएपछी रेग्मी परिवारले सबैसंग आर्थिक सहयोगका लागी आग्रह गरेको छ ।

पीडित रेग्मीले भने डाक्टरले आउदो भदौ पहिलो साता मुटुको अप्रेशनको मिति दिएको बताउदै आफुसँग भएको दुई लाख रुपैयाँ चेकजाँच र औषधि खरिद गर्देमा सकियो अवत पैसा छैन अझ आन्द्रामा एपेन्डाईटिसको समस्या समेत यसैपटक देखिएका कारण आफुलाई थप आर्थिक समस्या देखिएकोले सबै आफन्त, ईष्टमित्र, सहयोगीहरु संग आर्थिक सहयोगका लागी अनुरोध गरेका छन् । निसीखोला गाउँपालिकाले समेत आर्थिक सहयोग गरीदिन सबैसँग आग्रह गर्दे सिफरीस उपलब्ध गराएको छ भने स्थानीय युवाहरुले समेत आर्थिक सँलकन अभियानलाई अगाडी बढाएका छन् ।

आर्थिक सहयोग गर्न चाहाने सहयोग दाताहरुले श्यामलाल रेग्मीको नविल बैँकमा रहेको खाता नम्बर ५३१००१७५०१७५७ र प्रभु बैँक निसीखोला शाखाको १६९१०७०१३१७०४६०००००१ नं खातामा जम्मा गरिदिन सकिने छ । फोन नम्बर ९८६७८६९७०३ र ९८२१३१९९३६ मा सम्पर्क गरेर सहयोग गर्न सकिने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.