बागलुङमा लागु औषध बिरुद्धको अभियानमा प्रहरी सक्रियता !
चालिस वर्ष उमेर पार गरेका एक कर्मचारी सहित दुई लागु औषध दुर्व्यसनी प्रहरी नियन्त्रणमा

रामप्रसाद घिमिरे, बागलुङ २०७६ साउन ९ । जिल्ला प्रहरी कार्यालय बागलुङले स्थानीय एक होटेलमा लागु औषध सेवन गरीरहेका दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बागलुङ नगरपालिका वडा न २ स्थित ट्राफिक चोक नजिकको थकाली होटेल एण्ड गेस्ट हाउसको चपी (ट्वाईलेट) मा सिरिन्जबाट लागु औषध प्रयोग गरिरहेको अवस्थामा अहिले साढे ५ बजेको समयमा निजहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले बतायो ।

बागलुङ नगरपालिका वडा न २ स्थित ट्राफिक चोक नजिकको थकाली होटेल एण्ड गेस्ट हाउस

प्रहरीका अनुसार यसरी चर्पी (ट्वाईलेट)मा लुकी छिपी लागु औषध प्रयोग गर्नेहरुमा एक जना राष्ट्रसेवक कर्मचारीमा पर्वत जिल्ला मोदी गाउपालिका पातीचौर घर भै जिल्ला निर्वाचन कार्यालय बागलुङका कार्यालय सहयोगी ४३ वर्षिय विष्णुबहादुर क्षेत्री र अर्को चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं ८ घर भएका वर्ष ४६ का सवारी चालक बुद्धिबहादुर श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्ट ।

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टसंग सज्ञान लिँदा ‘सामान्यतया किशोर र युवाहरुमा लागु औषध दुर्व्यसनीको लत देखिएको थियो, ४० वर्ष उमेर काटेका व्यक्तिहरुपनि लागु औषधको कुलतमा फसेको देख्दा यस्को जालो निकै ठुलो भएको,’ बताउदै ‘लागु औषध दुव्यर्सनीहरुप्रति कुनै सहानुभूति नराखी कार्बाही अगाडी बढाउने’ बताए । प्रहरी उपरीक्षक भट्टले, लागु औषध नियन्त्रणमा कसैसंग संझौत नगर्ने स्पष्ट पारे । उनले लागु औषध दुर्व्यसनीहरुको चेकजाँचका लागी किट प्रविधी (पिसावको जाँच) निकट भविष्यमै भित्र्याउन लागिएको जानकारी पनि दिए ।

स्मरणीय छ, प्रहरी उपरीक्षक भट्टले हालै जिल्ला प्रहरी कार्यालमा आयोजित पत्रकार सम्मेलनमा लागुऔषध विरुद्धको अभियानलाई प्राथमिकताका साथ लैजाने प्रतिबद्धता व्यक्त गर्दै लागुऔषधलाई निर्मुल पार्नका निम्ति सक्दो प्रयास गर्ने बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *