झाडापखाला महामारीको शिकारमा नर्मता, श्रीमान सूर्यचन्द्र ज्ञवाली भन्छन श्रीमतीको पूनर्जन्म भयो !

टिकाराम भट्टराई, पाल्पा २०७६ आउन ९ गते । पाल्पाको रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको अहिले लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ ।

लामो समय सम्म उपचार गरेपनि ज्ञवालीको स्वास्थ्यमा कुनै पनि सुधार नदेखिएकाले आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउँसो अक्सिजन लगाएर बिरामीलाई एम्बुलेन्स मार्फत डिस्चार्ज गरेको थियो । बिरामीको अवस्था निकै नाजुक भएकाले बचाउने आधार नदेखिएको भन्दै आफन्तहरूले गुल्मीको रिडी हुदै घर फर्काउने मनसायले निकालिएको भए पनि चितामा भने नराखिएको बताएका छन ।

चौतर्फी जिउँदो मानिसलाई चितामा राखेर जलाउन खोजियो भनि चर्चा चलिरहदाँ नर्मताका श्रीमान सूर्यचन्द्र ज्ञवालीले श्रीमतीको आश मारिसकेको भएपनि फेरि श्वासप्रश्वास सगैँ नाडी र धड्कन चलेको खबर सुन्दा आफुलाई निकै खुसी लागेको बताए । सबैले आश मारेको मानिस फेरि केही आश गर्ने अवस्थामा आउनु आफ्नी श्रीमतीको पुर्णजन्म नै भएको बताउदैँ अस्पताल प्रशासन,मानव अधिकार आयोग लगायतका निकाएबाट निशुल्क उपचार गरिदिने भनेको कुरा सुन्दा खुशी लागेको समेत बताए ।

२ छोरा र १ छोरीकी आमा नर्मतालाई सबैले बाच्ने आश मारिसकेका थिए । हिन्दु संस्कार अनुसार बिरामीलाई पवित्र गगांको जलपान गराएमा कि प्राण जाने कि बाच्ने आधार देखाउने भने भनाई अनुसार नै गुल्मी रिडीको गगांमा पुर्‍याईएको स्थानीय थानेश्वर कंडेलले बताए । नर्मतालाई लगाईएको अक्सिजन निकाली गगांको छेउमा राखिएको थियो डाक्टरको सल्लाह अनुसार अक्सिजन निकालेको केही समयमा बिरामीको प्राण नरहने बताईएको भएपनि अक्सिजन निकालेको ४० मिनेट सम्म बिरामीलाई नदी किनारमा राखी जलपान गराउदाँ बिरामी चलेसगैँ गुल्मीको रिडी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको कंडेलले बताए । स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लग्न सुझाव दिएसगैँ सोमबार बेलुकी नै लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरी नर्मताको सघन कक्षमा उपचार भैरहेको छ ।

सिद्धेश्वरमा केही समय पहिले झाडापखालाले महामारीको रूप लिदाँ सयौँ जना शिकार भएको र जिल्ला जनश्वास्थ्य कार्यलय पाल्पाले सिद्धेश्वरमा शिविर नै सञ्चालन गरेर उपचार गरेको स्थानीय भानुभक्त भट्टराईले बताए । उपचारका कारण बिरामी मध्येका करिब सात जनालाई युनाइटेड मिशन अस्पतालमा उपचारको निम्ति पठाएको थियो तर १० दिनसम्म उपचार गर्दा अन्य छ जनाको स्वास्थ्यमा केही सुधार देखिए पनि नर्मतामा भने मुटु र फोक्सोको समस्या देखिएको हुनाले स्वास्थ्यमा सुधार नआएको भट्टराईले बताए ।
झाडापखालाकी बिरामी ज्ञवालीलाई मुटु रोगको बिरामी भएको थाहा भएपछि ‘पैसाको अभाव छ’ भन्दै आफन्तले बिरामीलाई डिस्चार्ज गर्न दबाब दिएको भन्दै समाचार आईरहदा आफन्तहरूले भने बचाउने आधार नदेखेकाले लगिएको बताएका छन । गाउँबाट स्थानियहरूले पनि कुनै बाच्ने आधार नदेखेको भन्दै मलामीको निम्ति पुगेको बताएको छ । ज्ञवालीको १० दिनसम्म उपचार गर्दा ७३ हजार ६ सय ७८ रुपैयाँ खर्च भएको र खर्चमध्ये ५६ हजार ९ सय ६३ रुपैयाँ स्वास्थ्य बीमाबाट काटिएको अस्पतालले जनाएको छ ।

बुधबार दिउसोँ ३ बजेदेखि साढेँ ३ बजेसम्म अस्पताल प्रशासनको सहमतिमा बिरामीको अवस्थाको बारेमा पत्रकारहरूलाई जानकारी गराईएको थियो । बिरामीको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको र आफुहरूले उपचारमा कुनैपनि कसर बाकीँ नराख्ने डाक्टरको भनाई थियो । चितामा पुर्‍याएर फेरि अस्पतालमा भर्ना गरेको भन्ने हल्ला चलेसगैँ अस्पताल परिसरमा बिरामी हेर्नेको बाक्लो उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.