आस्थाको विरासत

— राम सुवेदी

विचार, विचारको प्रभाव र विचारको एकत्वले जगमगाएको आस्थाको धरोहर, उर्भर विरासत हो । विरासतको बक्र तलदेखि सधै माथितिर उद्धेलित हुन्छ र हुनुपर्दछ । सत्य मान्नेहरु, विज्ञानको नियम मान्छन् । आँखा अघिको असत्यलाई पनि पर्दापछि छेकिदिनेहरु अँध्यारो विराशतका पक्षधर हुन् । उनीहरुको कालो चस्मा एक दुई हिउँद मज्जाले चम्किन्छ । पर्दापारिबाट टल्केको कालोचस्माले लरखराएको विराशत उचालिएको प्रपोकाण्ड गर्छ र पंख पलाएको कमिला, आफुबन्छ, अरुलाई पनि बनाउँछ ।

केही समय यस्तै वित्दैछ । आस्था र विचारको विरासतबाट आस्थाका बन्दीहरुलाई नाट्य कलाकार बनाइएको छ । अमुक घोषणाका अभ्यासहरु यदाकदा अघोषित तथ्य चिप्लिएर बाहिर आएका हुन्छन् । नाट्यशालामा केही कलाकारहरु आफ्नो सजिलो साथ सहयोग र सहज मनबाट यत्तिकै उभिएको शीरलाई खास विरासत मान्छन् । त्ये उनीहरुको भागमा परेको कर्म हो । जो हिजो अफ्ठेराहरुमा लिइएको साथ, समर्थन र कालखण्डका यात्राहरु, आज धुलोमा लपेटिएको पदचाप ठान्छन् । अनि खुलेआम भन्छन्, । आज मेरो पदचाप कुच्न जान्दैनौं भने, बाटोमुनी लाग । मैले बोलेजस्तो र मैले नै भनेजस्तो गरि बोल्न आउँदैन भने तिम्रो स्वर थुन । मैले जे जे गरिरहेको छु , त्यसो त्यसो पनि गर । यसैले विरासत उचालिन्छ ।

जवसम्म विरासतको जगमगाउँदो उर्भरतामाथि प्रश्न उठ्छ । आज त्यसलाई जोगाउने, जोगाउँदै आएका र भोलीपनि त्यो बक्रलाई विनाशर्त माथि चढाउने चिन्तन, यसका कर्मशील जीवनहरुमा खास हिम्मत राख्दैनन्, तवसम्म, बुर्जुवा संस्कारले देखाएको चिन्तन, बडादशैमा नजिकको कालीमाई बन्दिरमा बलीको वोइलर लिएर आस्थाको अवशेष खोज्ने यात्रु, आपूmलाई मान्दा, घरफर्केर केहीथान माक्र्सवादी कितावसँग सेल्फी खिचेरपनि क्रान्तिकारी नै ठहरिन्छ, ठहरिने छन् । मत, विचार र मन्थनको संस्कारलाई बेथाहा राख्ने अधिकार, थाहा नपाउनेले राख्ला । विरासतको धरोहर चुम्ने आस्थाका विचारकहरुलाई बेथाहा र निहित अमुकताले छेक्दैन । छेक्ने धेउन्नमा लाग्नेहरु, नजानीदो गरि कुनै युगको विगत र फोकत युगान्तकारी कथा बकेर लरखरिने पक्का छ । त्यो इतिहासको मजाक बन्नेछ ।

नयाँ इतिहास बनाउनुपर्छ भन्नेहरु बनाएरै छाडेका इतिहास छन् । वर्तमान नै बिगार्ने र इतिहास बनाउन नचाहनेहरु पुरानै संरचनाको मायाँ मोहमा चिप्लिन्छन् । साथ सहयोग र एकत्वको संस्कार भत्काउँछन् । नयाँ मगजलेनयाँ संरचनाको बाटो रच्छ । पुरानै ढर्रामा अनेकन कथा पढाउने र पढ्नेहरु बाह्रवर्ष रामायण पढ्छन र भन्छन् हनुमान कस्का छोरा ? हनुमान छोरा कस्का हुन् वा होईनन् भन्ने भन्दापनि, हनुमानको कर्म कस्तो हो भन्ने मानसिकता चेतका रुपमा विकास भएन भने, आज जस्तो लज्जाजनक सार्वजनिक प्रश्न उठ्दै जानेछ । ‘घरमै बसेर दलान ओदारिस् ?’ सत्य चेत नभएकालाई थाहा छैन वा भएर पनि नपाए जस्तो गर्छ र भन्दो रहेछ । इतिहास फर्केर हेर त्यो दलान के प्रश्नकर्ताहरु एक्लैले बनएका होलान ? आज सिंगो घर लरखराएको नदेख्नेले, दलानको बयान कसरी गर्छ ?

नयाँ जीवन जिउने अधिकार त त्यसलाई हुन्छ, जस्ले पुतलीको जीवन चक्र अनुसरण गर्छ । एक पुतलीको चक्र चल्दा प्रकृतिले त्यसलाई एक, संसारिक बन्दीको लार्भा जीवन पनि भोग्नु पर्दछ । जस्लाई बाहिरी प्रकृति नजान्दै गर्दापनि संसारिक जीवनमा, सबैको प्यारो जीवन पुतली बन्नुनै छ । त्यत्तिमात्र होईन पुतलीको जीवनमा झुसिलकिरा बन्नुपनि प्रकृतिको नियम छ । यो सत्यता सबैलाई थाहा छ तर थाहा नपाएको ढंगले उँधो लागेको विरासत उल्टो तरिकाले नापिदैछ । आज त्यही सत्य जीवन चलिरहेको छ ।

झुसिलकिराको जस्तो जिन्दगी । विराशतको उल्टो उचाई नाप्नेहरु र सुल्टो गतितिर ल्याउनेबीच चप्पलदेखाउ देखाउ चलिरहेको छ । यो अस्वस्थ प्रतियोगीता हो । अहिले ग्लोवल भिलेजको दुनियाँमा आयपुग्दा पनि, समय काल र परिस्थिति जान्दिन भनेर नौटंकी गरिरहने अधिकार गुम्रामा बसेकालाई होला । उज्यालो देख्नेहरुलाई जरुरी छैन । बेस्सरी उज्यालो देख्छु भन्ने तर कोठरीको खटियाबाट एकाथरी त खुलेआम भन्दैछन् ‘ घरनिकाला भइहाल । यो घरको दलान पनि नकुच । हामीले मात्रै हो यो धुरी खाँबो अड्याएको र अव पनि अड्याउने हो । सकसले थामिएको खाँबो, घाँडो हुँदैगर्दा त्यसैले चिकेर मर्ने धोकोको पोको मनभरी पलाउनेहरु बन्दैछन् । तिमीहरु मलामीसम्म नआउनु ।’ यहाँ भन्दा घटिया संसारिक मोह दुनियाँको कुन कन्दरामा पढ्न, देख्न र सुन्न पाइएला ।

लासको मलामी जानु र नजानुमा खास तात्विक फरक पर्दैन होला । गल्दै गरेको धुरीखाँबो अठ्याएरमात्र विरासत थामिन्छ भन्ठान्नेहरुलाई अठ्याउन कसैले छेक्दैन । तर, त्यो ठाउँमा बलियो खाँबो नफेरेसम्म र कसिलो गरि अठ्याउनेहरु दुईचार थान होइन, सिंगो परिवार नलागेसम्म, आफ्नो चिहान आफै बनाउने न हो । घर परिवारसँग चिथोरिएर, चिक्रिएर, झिजिएर, गिदी तताएर, घरदलान ओगट्ने रहरको, इतिहसले बयान लिन्छ, लिन्छ । मायाँ ममता र मोहले प्राकृतिक सृष्टि अजमर रहनेभए, नयाँ युगका लागि नयाँ पात्रो खोजिदैनथ्यो । अघिल्लो वर्षको पात्रो पढेर अव समय गन्न सकिन्न भनेर नै, विचारपुर्वक शालिनता र संयमताकासाथ आस्थाको विरासतको पक्षमा उभिएका छौं । उभिनुपर्दछ ।

विचारको मन्थन, कुन हद्सम्म गर्ने भन्ने, कुनै समय र कालखण्डले छेकिहाल्नु पर्दछ भन्ने विज्ञान विरोधी कुरा हो । ईश्वरबचन जस्तो, एकतमासले उभिएर स्वर्गको लर्कोदेख्दै स्वअस्तित्व छेकेर सबैले विचारको वाकस्वतन्त्रता बन्दगर्नुपर्छ भन्ने छैन । विचारको बन्धक भएर, विचारको बहशलाई एक छेउँ लाएर नयाँ बाटो पनि बन्दैन । समयचक्रले जसरी आफुलाई बन्धक राख्दैन, त्यस्तै गतिशिल विचार बहशले तथाकथित कालखण्डको नियम, विधि, प्रक्रिया कारण मानेर ओरालो लाग्दैन । लाग्नुहुँदैन । तर शालिनता, अनुशासन र विधिको शासनको पालना शिरोधार्य छ । विचार र मत फरक राख्दैमा, सही बाटोका लागि जायजकुराहरु गर्दैमा, यसो हुँदैन, यसो गरौं भन्दैमा, मेरो विचार र दर्शनको विपरित भयो भन्नु पनि एक विचार हो । चिन्तन हो । सबैले त्यसैमा चिन्ता गरिरहनु आवश्यक छैन । कैयौं हदसम्म यस्ता विचारलाई पनि मान्नुपर्दछ, मान्दै आइएको छ तर, सधै समयले त्यही विचारमात्र सत्य हो भनेर दौडिन सक्दैन । त्यसोगर्दा शालिनता भंगहुन्छ भने, भंगगर्नेहरुलाई आफ्नो बलिष्ठता प्रदर्शन गर्न दिएरै होला त्यो अधिकारको पालना भएकै छ । आप्नो मत राख्दा, प्रक्रियाका नाममा, विधि र अनुशासनका नाममा विचार बन्धकको अनुयायी बन्ने घोकत विचारकको काम हो । प्रगतिशील विचार नत बन्देज हुन्छ, न सत्यलाई असत्य हो भनेर दविन्छ, न, कसैले घर दलान छोड् भनेर पारपाचुकी माग्दैमा सहीछाप गर्छ । पारपाचुकी माग्नेहरु, तिमीले बनाएको नीजि अदालत जानसक्छौ । प्रक्रिया त्यहींछ । तिम्रो नीजि अदालतले धेरै सखीहरुको घरबार तोडाइदिएको हामीपनि रंगेहात देखेकाछौं । छाड छाड् भन्नेहरु पहिला परिवार विनाको गतिलो घरजम गरेर देखाउ । आस्थाको विरासत, मौनताको विकल्प होईन, लरखरिएको झुटो विरासत विजयीको शीर पनि होइन । आस्थाको विरासत अदम्य र उँचो हुन्छ ।
२०७६ साउन ९ ।
(यो लेखकको निजी विचार हो ।)
प्रतिक्रियाका लागि इमेल- burtibangjnlt@gmail.com_

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.