आजको तस्वीर : ओम शान्तिमा पाँच दिवसीय योग शिविर !

बागलुङ २०७६ साउन ९ । बागलुङ स्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग केन्द्र ओमशान्ति भवनमा आज विहान देखी पाँच दिवसीय नि:शुल्क योग शिविर सुरु भएको छ । योग शिविरको ब्रह्माकुमारी राजयोगिनी सावित्री दिदी, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्ट, प्रहरी नायब उपरीक्षक झपेन्द्र भट्टराई, साल्टटेडिङका प्रमुख मनोज श्रेष्ठव्दारा सामुहिकरुपमा पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरिएको थियो ।

शिविरमा योगाचार्य ब्रह्माकुमार डा. राम खत्रीले हाडजोर्नी तथा न्युरो सम्बन्धी बिशेष योगाभ्यास तथा फिजियोथेरापी सम्वन्धी सेवा प्रदान गर्ने बताईएको छ । शिविरमा रक्तचाप, मधुमेह, युरिक एसिड हृदयघात, पक्षघात, मस्तिष्कघात, हाडजोर्नीको समस्याबाट बच्ने उपाय लगायतका बिषयमा योगाभ्यास सुरु गरिएको छ ।

शिविर बिहान ७ बजे देखी ८.३० बजे सम्म र साँझ ५ बजे देखी ६. ३० बजे दिनको दुई पटक संचालन हुने ब्रह्माकुमारी राजयोग केन्द्र बागलुङले जनाएको छ ।

तस्वीर सौजन्य: ब्रह्माकुमारी स्मृति दिदी, ओमशान्ति बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.