गाउँभरी सनसनी : बडीगाड सिमलचौरका एघार वर्षिय बिमल रानाले किन गरे आत्महत्या ?

बागलुङ २०७६ साउन ८ । बडीगाड गाउँपालिका ४ सिमलचौरका एघार वर्षिय बालकले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडीगाड सिमलचौर निवासी हिराबहादुर राना कुमालका कक्षा ६ मा अध्ययनरत ११ वर्षिय छोरा बिमल राना कुमाल गत साउन ४ गते घरमा कसैलाई केहि नभनी निस्केकोमा आज खनियोका रुखमा झुण्डिएको अवस्थामा निजको शव फेला परेका थियो ।

सोहि स्थान बस्ने भीम बहादुर रान कुमालले पसलबाट सामान खरीद गरी घर फर्किरहेको बेला दुर्गन्ध आएपछी हेर्दा करीब ५ सय मिटर पर रहेको खनियोको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डिई मृत अवस्थामा रहेको सूचना पाउदा साथ प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल खटाएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एघार वर्षको ६ कक्षा पढ्ने बालकले आत्महत्या गर्नु पछीको कारण खुलेको छैन । यस्तो कलिलो उमेरमा बिमल रानाले आत्महत्या गर्नु पर्ने कारण के पयो भन्ने कौतुहलता स्थानीमा रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.