अपडेट : मालढुङ्गामा यात्रुवाहक वसले ठक्कर दिएका पदैल यात्रु बोटेको मृत्यु !

निर्मल पौडेल, पर्वत २०७६ साउन ८ । पोखरा बागलुङ राजमार्गमा पोखरावाट बागलुङ तर्फ जाँदै गरेको ग १ ख ६००४ नम्वरको वसले ठक्कर दिँदा घाईते भएका कुस्मा नगरपालिका १ मालढुङ्गाका स्थानिय स्वरुपलाल बोटेको मृत्यु भएको हो ।

बसको ठक्करवाट गम्भिर घाईते भई धौलागिरी अस्पताल बागलुङ लगिएको र त्यहाँ उपचार हुन नसकी मणिपाल अस्पताल पोखरा रिफर गरिएका उनलाई मणीपाल अस्पतालले साँझ ५ वजेर २० मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए । मदिरा सेवन गरी सडक छेऊमा हिँडिरहेका वोटेलाई वसले ठक्कर दिँदा उनको टाउको र काँधमा चोट लागेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.