नवी खोला (उत्तरगंगा) ले बगाउदा ढोरपाटन स्यालपाखेका बाबु नर बहादुरको मृत्यु, छोरा सेते बेपत्ता !

हेम विश्वकर्मा, बुर्तिवाङ २०७६ साउन ८ । ढोरपाटन नगरपालिका वडा नं ९ स्थित नवी खोला (उत्तरगंगा)ले बगाउँदा एकको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । आज दिउँसो करिब ३ बजेको समयमा नवीगाउँदेखि स्यालपाखे (घर) जानेक्रममा उनिहरुलाइ नवी खोलाले बगाएको हो ।

नवी खोलाले बगाउनेमा स्थानिय हर्कमान बिकका ५४ बर्षिय छोरा नर बहादुर बिक र बिकका अन्दाजी २२ बर्षिय छोरा सेते बिक रहेको प्रहरीचौकी ढोरपाटनका प्रहरी सहायक निरीक्षक शिवराज सुवेदीले बताए । नवी खोलाले बगाएका दुई जना मध्य नर बहादुरको शव बगाएको ठाउँदेखी करिव ३०० मिटर तल स्थानियले मृत अबस्थामा फेला पारेका छन् भने सेतेको खोजीकार्य भइरहेको प्रसनि सुबेदीले जानकारी दिए ।

घटनास्थलमा ढोरपाटन स्थित नेपाली सेना शत्रुमर्दन गुल्मको टोली, प्रहरी, स्थानिय लगाएत खोज कार्य गरिरहेका छन् । सो क्षेत्रमा आज बिहानै देखि मुसलधारे पानी परिरहेको स्थानिय धन बहादुर बिकले ईबागलुङलाई बताए । उक्त स्थानमा नदी तर्नका लागि पुल समेत छैन । पटक पटक पुलकालागि माग गर्दा समेत सुनुवाइ नभएको स्थानिय प्रेम बहादुर बिकको भनाई छ ।
फाईल तस्वीर ।
यी लिंकपनि पढौँ{
नवी खोला तर्न लाग्दा ढोरपाटनमा एक युवकको मृत्यु

ढोर नवी खोलाले बगाएर एक बालिका बेपत्ता, जीवित भेटिने संभावना कम !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.