मालढुंगामा यात्रुवाहक बसले एक पदैल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाईते !

निर्मल पौडेल, पर्वत २०७६ साउन ८ । पोखरावाट वागलुङ तर्फ जाँदै गरेको ग १ ख ६००४ नम्वरको वसले पर्वतको मालढुङ्गामा स्थानीय एक पैदल यात्रीलाई ठक्कर दिँदा गम्भिर घाईत भएका छन् । मध्यान्ह सवा १२ वजेको समयमा कुस्मा नगरपालिका १ मालढुङ्गा स्थायी घर भएका ३५ वर्षिय स्वरुपलाल वोटेलाई ठक्कर दिँदा बोटे गम्भिर घाईते भएका हुन् । घाईतेलाई उपचारको लागी धौलागिरी अस्पताल वागलुङ लगिएको र त्यहाँ उपचार हुन नसकी पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।
मदिरा सेवन गरी वाटो छेऊमा हिँडिरहेका वोटेलाई वसले ठक्कर दिँदा उनको टाउको र काँधमा चोट लागेको थियो । ठक्कर दिँने गाडी र चालकलाई नियन्त्रण लिईएकोे प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.