पहिरोले पुरिएर मृत्यु हुने युवतीका दाजुलाई रु १ लाख राहत रकम हस्तान्तरण !

मित्रलाल खरेल, गल्कोट २०७६ साउन ८ । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय बागलुङका नासु बिष्णु प्रसाद शर्मा ढकालले अबिरल वर्षाका कारण गएको पहिरोबाट गोठ पुरिँदा मृत्यु भएकी गल्कोट नगरपालिका ८ काँडेबासकी वर्ष १७ की सीता गौतमको दाजु पिताम्बर गौतमलाई बुधवार रु १ लाख राहत रकम हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालयका अर्जुन ढकालले ईबागलुङलाई बताए ।

मृतकका पिता तोयनाथ गौतमको पहिले नै निधन भएकोले उनका दाजु पिताम्बर गौतमलाई राहत रकम हस्तान्तर गरिएको पनि ढकालले जानकारी दिए । मृतकका तीन दिदीहरुको बिबाह भैसकेको र सीता भने अबिबाहित रहेको गल्कोट नगरपालिका ८ का वडाध्यक्ष रामप्रसाद कँडेलले बताए ।

्राहत हस्तारण कार्यक्रममा पत्रकार ढालेन्द्र गौतम र दीपक कँडेल, प्रसनि लवध पोखरेल र स्थानीयको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.