मोटरसाईकलको ठक्करबाट एक महिला घाईते, चालक फरार !

राम प्रसाद घिमिरे, बागलुङ, २०७६ असार ८ । बागलुङ नगरपालिका वडा न २ हल्लनचोकबाट लोकतान्त्रिक चोक तर्फ जाँदै गरेको ध १ प ८१८४ नम्बरको मोटरसाईकलले एक महिलालाई ठक्करदिंदा घाईते भएकी छन् । घाईते हुनेमा काठमाडौं कीर्तिपुर नगरपालिका वडा न – ९ स्थाई घर भै हाल जिल्ला अदालत बागलुङमा कार्यरत बर्ष ४५ की नरबदा रिजाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय बागलुङका प्रहरी जवान कमल परियारले बताए ।

घाईते महिला सडकको छेउंमा बसिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिई भागेको (फरार) प्रतक्षदर्शी पार्वती थापाले बताईन । घाईते महिलाको धौलागिरि अञ्चल अस्पतालमा उपचार भईरहेको छ, उनको अवस्था सामान्य छ । ठक्कर दिने मोटरसाईकल चालकको खोजिकार्य भैरहेको परियारले बताए ।

स्मरणीय छ, हिँजो साउन ७ गते पनि एक मोटर साइकलले बागलुङ नगरपालिका वडा न २ लोकतान्त्रिक चोकमा ध १ प ९७०० नम्बरको मोटरसाईकलले बागलुङ नगरपालिका वडा न – ३ देउराली चोक निवासी बर्ष ३६ की शोभा क्षेत्री घाईते भएकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.