गल्कोट नगरपालिका ७ आँगाखेतको पहिरोमा जीप फसेपछी मध्यपहाडी लोकमार्ग अवरुद्ध !

मित्रलाल खरेल, गल्कोट २०७६ साउन ८ । हिँजो देखीको अबिरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको ठाउँठाउँमा पहिरो गएर सवारी साधनहरु आवत जावतमा समस्या परेको छ । केहि समय पहिले गल्कोट नगरपालिका ७ आँगाखेतमा पहिरो जानाले सवारी साधनहरु सन्चालनमा कठिनाई भैरहेको अवस्थामा एउटायात्रुबाहक जीप सडकको वीचमा फसेपछी लोकमार्ग अवरुद्ध बनेको गल्कोट नगरपालिका ९ का वडाध्यक्ष तेजबहादुर थापाले ईबागलुङलाई जानकारी दिए ।

विहान पहिरो छिचोलेर ठुला साना सवारी साधनहरु बडो मुस्किलले आवत जावत गरिरहेको भएपनि जीप फसेपछी लोकमार्ग अवरुद्ध बनेको वडाध्यक्ष थापाले बताए । ट्याक्टरले तान्दापनि भासिएको ठाउँबाट निकाल्न नसकिएपछी स्काभेटरलाई बोलाएको वडाध्यक्ष थापाको भनाई छ । उनले स्काभेटरले काम गरेको पैसा पाईदैन भनेर अनकन गर्छन, पैसा पाउँछौँ भनेर विश्वास दिलाएपछी बल्ला ल आउछु भनेका छन् थापाले भने ।
वडा नं ७ को कार्यालय नजिकैभएपनि कोहि नआएको यात्रुहरुले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.