मुसलधारे वर्षासंगै तुरतुरेमा पहिरोको तर्सो : बुर्तिवाङ जाने सवारी साधन भिङगिठेमा थुप्रिए !

बागलुङ २०७६ साउन ८ । बडीगाड गाउपालिका र ढोरपाटन नगरपालिकाको सीमानमा रहेको तुरतुरेको सिरानमा जमीन चर्किएकोले मध्यपहाडी लोकमार्गको तुरतुरे खण्डमा रातिको समयमा बुर्तिवाङ तर्फ जाने र त्यताबाट दक्षिण पूर्व तिर छुट्ने सवारी साधनहरु चलेका छैनन् । स्थानीयका अनुसार मुसलधारे वर्षा भैरहेको र गत वर्ष गएको तुरतुरेको पहिरो माथी जमीन चर्किएकोले सवारीहरु बडीगाड गाउपालिकाको भीङगिठे बजारमा रोकिएका हुन् ।

बुर्तिवाङबाट छुटेने कुनै पनि सवारी साधनहरु विहान साढे ९ बजे सम्म भिङगिठे नआएको स्थानीयले बताए । बुर्तिवाङ तर्फ जाने सवारी साधनहरु (रात्रिकालीन)पनि नआएको र बुर्तिवाङ जाने सवारी साधनहरु हिँजो साँझ देही भिङगिठेमै रोकिएको स्थानीयले जानकारी दिए ।

फाईल तस्वीर ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.