शिक्षामा भएको विकृति र बिसंगती बिरुद्ध आन्दोलन गर्ने बिद्यार्थी नेताहरुको चेतावनी !

कोपिला कंडेल, बागलुङ २०७६ साउन ७ । अहिले शिक्षामा भएको विकृति बिसंगती बिरुद्ध आन्दोलन गर्ने बागलुङका तिन बिद्यार्थी नेताले चेतावनी दिएका छन् । उनिहरुले शिक्षा क्षेत्रमा अन्याय अत्याचार र भ्रष्टाचार मौलाएको आरोप समेत लगाए ।

धौलागिरि संचार क्लब बागलुङले आयोजना गरेको समसामयिक बिषयको साक्षात्कार कार्यक्रममा अनेरास्ववीयुका अध्यक्ष शेखर खड्का अखिल क्रान्तिकारीका अध्यक्ष जीवन शर्मा र नेपाल बिद्यार्थी सघंका सचिव श्रीकृष्ण पौडेलले अहिले शिक्षा ऐन नियम बिपरित गैरकानुनी काम गर्ने शिक्षकलाई कारबाही गर्ने दाबी समेत गरे ।

शिक्षा नियमावली बिपरित एक शिक्षकले तिनचार ठाउंमा पढाउने गरेको चर्चा गर्दै बिदार्थी नेताले शिक्षकको यस्तो प्रवृतिले बिद्यार्थी र बिद्यालय दुई पक्षलाई घाटा भएको बताए ।

अहिले शिक्षा ऐन नियमले बिहान १० बजेदेखि ४ बजेसम्म पढाइ संचालन गर्न निर्देशन दिएपछि त्यसको पालना गराउन बिद्यार्थी संगठन लागि परेको उनीहरूको भनाई थियो ।

उनिहरुले अहिले जिल्लामा भएको विकृति बिसंगतीको अन्त्य गर्न गराउनका लागि आफुहरु जस्तोसुकै कदम चाल्नपनि पछि नहट्ने चेतावनी समेत दिए । शिक्षकहरुको यस्तो प्रवृतिले शिक्षा क्षेत्रमा भ्रष्टाचार मौलाएको छ उनिहरुले भने, यस्को अन्त्य गर्नका लागि हामी सचेत बिद्यार्थी एक भएर अगाडी बढ्छौ ।

शैक्षिक विकृति बिसंगती बिरूद्ध जतिसुकै दवाब र प्रभाव आएपनी आफुरू पछि नहट्ने उनिहरुको भनाई थियो ।

कार्यक्रम धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता क्लबका सचिव प्रदीप पन्तको स्वागत मन्तब्य र क्लबका कोषाध्यक्ष कोपिला कडेललको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *