पुष्पलाल स्मृति दिवस : क.पुष्पलालको बिचार र आदर्शलाई आत्मसाथ गर्नुपर्नेमा नेपालीको जोड !

कोपिला कंडेल, बागलुङ २०७६ साउन ७ । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) बागलुङले ४१ औ पुष्पलाल स्मृति दिवस मनाएको छ । ने.क.पा बागलुङले नेपाली कम्युनिष्ट आन्दोलनमा कमरेड पुष्पलालको योगदान बिषयक बिचार गोष्ठीको आयोजना गरी दिवस मनाएको हो ।

कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एबं गण्डकी प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोबिन्द बहादुर नेपालीले गरेका थिए ।

उद्घाटन पछि बोल्दै उनले कम्युनिष्ट पार्टी सामु अहिले ठुला चुनौतीका पहाडहरु तेर्सिएको बताए । हाम्रो पार्टी ठुलो जिम्मेवारी स्वरुप सरकारमा छ नेपालीले भने, पार्टी उचाईमा पुगेपनि चुनौती संग सामना गरेर अगाडी बढ्नुको बिकल्प छैन । नेपाल कम्युनिष्ट पार्टी आकारमा ठुलो भएपनि के चर्चा गर्दै नेपालीले समाजलाई बिकास र सम्मृद्धिको दिशा तर्फ धकेल्नका लागि सबैले क. पुष्पलालको बिचार र आदर्शलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति दिपेन्द्र बहादुर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी बागलुङका अध्यक्ष एबं गण्डकी प्रदेश सांसद ईन्द्रलाल साप्कोटाको अध्यक्षता, उपाध्यक्ष कृष्ण पाठकको स्वागत मन्तब्य र पार्टी सचिव ज्ञामनाथ गैरे अनिलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *