जबरजस्ती चन्दा असुल गरेको अभियोगमा बाबुलाल शाक्य सहित दुई जना पक्राउ !

म्याग्दी, २०७६ साउन ७ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलीले बेनी नगरपालिका-३ भकिम्ली नयाँपुलबाट स्थानिय तहमा निर्बाचित पदाधिकारीहरुलाई धम्क्याई जबरजस्ती चन्दा असुल गरेको अभियोगमा सोमबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु म्याग्दी जिल्लामा रहेका ५ वटा एनसेल टावरमा भएको आगजनीमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रुकुम घर भएका ४२ वर्षीय कमान सिंह नकाल क्षेत्री र बागलुङ घर भएका ४८ वर्षीय बाबुलाल शाक्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ध १ प २१७० नम्बरको मोटरसाइकल र मोवाईल ३ थान समेत प्रहरीले बरामद गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.