मोटरसाईकलको ठक्करबाट एक महिला घाईते, उपचारका लागी अस्पताल भर्ना !

राम प्रसाद घिमिरे, बागलुङ २०७६असार ७ । बागलुङ सदरमुकाममा सडक दुर्घटना न्यूनीकरणका लागी जिल्ला ट्राफिक कार्यालय बागलुङ कडाईका साथ प्रस्तुत भएपनि सवारी दुर्घटना भैरहेका छन् । बागलुङ नगरपालिका वडा न २ लोकतान्त्रिक चोकमा केहि समय अघिमात्र धौलागिरि चोकबाट हल्लनचोक तर्फ जाँदै गरेको ध १ प ९७०० नम्बरको NS मोटरसाईकलले सोही दिशा तर्फ जाँदै गरेकी एक महिलालाई ठक्करदिदा घाईते भएकी छन् । घाईते हुनेमा बागलुङ नगरपालिका वडा न – ३ देउराली चोक निवासी बर्ष ३६ की शोभा क्षेत्री रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय बागलुङका प्रमुख महेन्द्र रानाभाटले बताए ।

घाईते महिलाको टाउको र खुट्टामा चोटलागेको छ भने मोटरसाईकल चालकको पनि हात र खुट्टामा सामान्य चोट लागेकोले धौलागिरि अस्पतालमा उपचार भईरहेको छ । मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको ट्राफिक प्रमुख रानाभाटले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.