मध्यपहाडी लोकमार्ग सन्चालनमा

मित्रलाला खरेल,गल्कोट २०७६ साउन ७ । गल्कोट नगरपालिकाको अम्रिसेमा गएको पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग केहि समय अघि सन्चालनमा आएको छ ।

आज विहान ७ बजेको समयमा गल्कोट नगरपालिकाको वडा नं ७ र ९ को बीचमा रहेको अम्रिसे खोल्सामा आएको पहिरोले लोकमार्ग अवरुद्ध भएको थियो । सो ठाउँ देखी शाखा सडक निर्माण गरिएकोले समय समयमा पहिरो जाने गरेको स्थानीयले बताएका छन् ।

पहिरोका कारण रोकिएका सवारी साधनहरु र यात्रुहरु गन्तव्य तिर प्रस्थान गरिसकेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *