गल्कोटमा पहिरोले गोठ पुर्दा १७ वर्षिया युवतीको मृत्यु !

मित्र खरेल, गल्कोट २०७६ साउन ७ । गल्कोट नगरपालिका ८ काँडेबास ज्यामिरेमा आज विहान ६ बजेर ३० मिनेटको समयमा पहिरो जाँदा गोठमा पुरिएर १७ वर्षिया युवतीको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीका अनुसार आज विहान पहिरोले पिताम्वर गौतमको गोठ पुर्दा भैँसी दुहुन र गााईबस्तुलाई घाँसपात हाल्न गएकी निजकी १७ बर्षिया बहिनी सीताको मृत्यु भएको हो । सो पहिरोले गोठ भत्किदा गोठमा रहेको भैँसी बाख्राहरु मरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.