गजल : गरिखान नसक्नेले लुटिखान रुचाउछ !

गरिखान नसक्नेले आज लुटिखान रुचाउछ।
सडकमा उफ्रर्न्छ अरुका घर गाडी फुटाउछ।।

नेता बन्छ हिस्र्क जन्तु बराबर, चम्चा वरपर,
आदेस दिन्छ अनि निर्धा निमुखालाई कुटाउछ।।

पालित पोषीत भ्रष्ट बाटै कुकर्मका आदेश छन,
जे जे गरेपनि गल्ती निर्धक्क जान्छ छुटाउछ।।

हरायो नैतिकता दिनदिन डराउदैन ईश्वर देखि,
आफै महान ठान्छ आस्थाका धरोहर फुटाउछ।।

सम्झदै दिक्क लाग्छ टिठ लाग्छ दरिद्र ती मनु,
कहिले चिन्छ आफु,सद्बुद्धि कहिले आउँछ।।

राम प्रसाद शर्मा
बागलुङ
२०७६ साउन ७ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *