बिहुँ दोबिल्लामा ३७ औ वीपी स्मृति दिवस भव्यरुपमा सम्पन्न !

भरत सापकोटा, विहुँ बागलुङ २०७६ साउन ६ । नेपाली काग्रेस काठेखोलाले ३७ औ वीपी स्मृति दिवस भब्य रुपमा मनायो । नेपाली काग्रेस बागलुङ जिल्ला र स्थानिय तहमा पनि जननायक विशेश्वर प्रसाद कोईरालाको ३७ औँ स्मृति दिवस मनाएको छ ।

सो अवसरमा काठेखोला गाउपालिका वडा न १ दोबिल्लामा बृक्षारोपण गरेको छ । दोबिल्लाको जंगलमा गत बर्ष नै सारिएका १०८ पिपललाई गोडमेल मलजल गरिनुका साथै वर र पिपलका बिरुवा रोपेर मनाईएको थियो।

सो कार्यक्रम बोल्दै नेपाली काग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले ईतिहास कै एक महान पुरुष जो जनताको दुख सुखमा बोल्न र जनता कै हितमा काम गर्नु पर्छ भन्ने सिद्धान्त बोकेर राणाहरु बिरुद्ध बोल्ने नेपाली जनता प्रथम जननिर्वाचित प्रधानमन्त्री कोईराला जनता प्रजातंन्त्र स्थापनाको लागि लड्ने युग पुरुष भएको बताए। उनले जनता कसैको दास बन्न नहुने बरु शासकहरु नै जनताको दास बनाउनु पर्छ भन्ने सिद्धान्त बोकेर प्रजातंन्त्र संमाजवाद र राष्ट्रियतालाई आफ्नो मुलमन्त्र बनाएको नेपाली जनताको मनमा बस्न सफल एक जननायक भएको स्मरण गराए ।

सो कार्यक्रममा नेपाली काग्रेस जिल्ला सचिव नवराज पौड्याल क्षेत्रिय सभापति चिरन्जीवी शर्मा पौडेल चित्रा कार्की लगाए ले बोलेको कार्यक्रममा स्वागत सदस्य जब्बर बहादुर लामिछानेको रहेको थियो। काठेखोला गाउँपालिका नेपाली काग्रेंसका संयोजक ज्ञामनाथ कडेंलको सभापत्तित्वमा सम्पन्व भएको कार्यक्रमको संचालन सचिव यामदत्त कडेलको रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *