मध्यपहाडी लोकमार्ग गल्कोट खण्डको छेउ-छाउमा निर्माण सामाग्रीको थुप्रोले सवारी आवागमनमा समस्या !

मित्र खरेल, गल्कोट २०७६ साउन ६ । मध्यपहाडी लोकमार्गको गल्कोट खण्डको सडक किनारमा ढुंगा, गिट्टी र बालुवाको थुप्रोले सवारी आवागमनमा अवरोध भएको छ । गल्कोट नगरपालिका-९ छिसको आसपासको सडक किनारमा यसरी ढुंगा, गिट्टी र बालुवा जस्ता निर्माण सामाग्री महिनौँसम्म जथाभावी थुपारी रहँदा सडक साँघुरो भएर एकतर्फी (One Way) बनेको प्रत्यक्षदर्शीले बताएका छन् ।

एकातिर वर्षातको बेला ठाउँठाउँ भूस्खलन भै लोकमार्ग अवरुद्ध हुने गरेको र अर्कोतिर कुनै अन्य योजनाको निर्माण कार्यका लागी ढुंगा, गिट्टी र बालुवा ल्याएर सडक साँघुरो हुनेगरी सडक किनारमा दुई तीन महिना देखी बेबारिसे रुपमा थुपारी रहनु कुनै पनि बेला दुर्घटना निम्त्याउनु हो भनेर स्थानीयहरुले आक्रोश व्यक्त गरिरहेका छन् ।

महिनौ देखी सडक साँघुरो हुने गरी निर्माण सामाग्री थुपार्दा पनि मध्यपहाडी लोकमार्ग आयोजनाको ध्यान गएको छैन । सवारी चालकहरु निर्माण सामाग्रीको थुप्रोले दुर्घटनाको संभावना बढेको बताई रहेका छन् । उनिहरुले निर्माण सामाग्रीको थुप्रो अबिलम्व हटाउन माग गरेका छन् ।

ट्याक्सी चालक जीवन मरासिनीले मध्यपहाडी लोकमार्गको गल्कोट खण्डको सडक किनारमा दुई दुई महिना देखी यसरी निर्माण सामाग्री थुपार्दा पनि कसैले चासो नदेखाउदा लोकमार्गको गल्कोट खण्डले अभिभावक नपाएको महसूस भएको बताए ।


फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.