मध्यपहाडी लोकमार्ग देखी डाॅडैडाॅडा घुम्टे जोडने पर्यटन पदमार्ग : पहिलो चरणमा डेढ किमी निर्माण !

थम्मन थापा, बागलुङ २०७६ साउन ६ । बागलुङको महत्वपुर्ण पर्यटकीय गन्तव्य घुम्टे जोडन गलकोट नगरपालिका ७ मल्ममा डेढ किलोमिटर पदमार्ग निर्माण भएको छ । दरमखोलाको भीमसेन ढुङगा देखि आगाॅखेत, सिरबारे, मल्मडाॅडा भल्साङ राम्चेढुङ्गार, अजिराखर्क, तुलसी मैरा, सानो घुम्टे हुॅदै घुम्टे सम्म उक्त पर्यटन पदमार्ग निर्माण गर्ने लक्ष्य अनुरुप पहिलो चरणमा निर्माण कार्य सम्पन्न भएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समिति खण्ड क का अध्यक्ष रुद्र केसीले जानकारी दिए । पर्यटनको सम्भावना रहेको घुम्टे लेकमा सहज आवागमनको लागि पदमार्ग कार्यलाई तिव्रता दिईएको अध्यक्ष केसीले बताए । हामीले क्रमश सरकार सॅग समन्वय गरि विकास निर्माणलाई थप अगाडी बढाउने लक्ष्य अनुरुप काम अगाडी बढाईरहेका छौं अध्यक्ष केसीले भने ।

गण्डकी प्रदेश सरकारको बजेट रु २० लाखको लागतमा पदमार्गको पहिलो चरणको काम सम्पन्न गरिएको हो । ढुङगाको सिँढी सहितको पदमार्गले आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्टे पुग्न सहजता प्रदान गर्न योजनालाई अगाडी बढाईएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समिति खण्ड ख का अध्यक्ष राम बहादुर विश्वकर्माले जानकारी दिए । पञ्चवर्षे योजना निर्माण गरेर बाॅकी कामलाई तदारुकताका साथ अगाडी बढाईने अध्यक्ष विश्वकर्माले बताए ।

घुम्टे प्राकृतिक, जैविक अनि मनोरम सुन्दर पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकोले यसलाई विशेष प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकारले पर्यटन पदमार्ग निर्माण अगाडी बढाएको भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्ण प्रसाद घिमिरेले जानकारी दिए । पर्यटकहरु बढी पैदल यात्रा गर्न रुचि राख्ने भएकोले सरकारले पर्यटन पदमार्ग निर्माणमा जोड दिएको घिमिरेले बताए ।

अहिले पहिलो चरणमा मध्यपहाडी लोकमार्गको आगाॅखेत देखि तल्लो सिरबारे सम्म र अजिराखर्क देखि तुलसी मैरा सम्म झण्डै डेढ किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको छ । यो पदमार्ग डाॅडैडाॅडा बाट निर्माण गर्न लागिएकोले यसको छुट्टै महत्व रहने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए । पदमार्ग निर्माण भएपछि यात्रा अवधिभर डाॅडाकाॅडाको मनोरम दृश्य हिम श्रृङखलाहरु, वन जंगल बस्तीको दृश्यावलोकन सॅगै पर्यटकले आनन्द लिन सक्ने वडा अध्यक्ष थापाको भनाई छ ।

पदमार्ग निर्माण पश्चात मध्यपहाडी लोकमार्गबाट घुम्टेसम्म झण्डै ३ घण्टाको पैदल यात्रामा पुग्न सकिने छ । गण्डकी प्रदेश सरकार, गलकोट नगरपालिका र ताराखोला गाउॅपालिकाले घुम्टेमा पर्यटन विकासको निमित्त विकास निर्माणका पुर्वाधारहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छन । अहिले निर्माण हुने यस पदमार्गको यात्राको क्रममा गलकोट क्षेत्रको मनोरम दृश्य सॅगै छिमेकी जिल्ला गुल्मीको पनि दृश्यावलोकन गर्न सकिनेछ । घुम्टेमा विभिन्न प्रजातीका लालीगुॅरास, जडीबुटी, चराचुरुङगी, जनावर आदी पाईन्छन । त्यहाॅबाट नेपालका विभिन्न सहरहरु, हिमश्रृङखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । प्रकृतिको मनोरम आनन्द लिन आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्टे जाने गर्दछन । घुम्टेमा प्रसिद्व सिद्व भैरवको मन्दिर समेत रहेको छ । मन्दिरको अहिले पुन निर्माण गरि थप व्यस्थित र आकर्षक बनाईएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । घुम्टेमा व्यवस्थित रेलिङयुक्त सेलेट ढुङगे पदमार्ग समेत निर्माण भईसकेको छ त्यस्तै उज्यालोको निम्ति सोलार बत्ती जडान गरिएको छ भनें त्यहाॅ पुग्ने श्रदालु भक्तजन र पर्यटकको लागि आवास गृह पौवा निर्माण गरिएको छ । त्यहाॅ प्रत्येक वर्ष वैशाख पुर्णिमामा भव्य मेला लाग्ने गर्दछ । घुम्टे पुग्न पाण्डवखानीको सिद्वथान, हरिचौरको टेउवा, ताराखोला गाउॅपालिकाको हिलबाट पनि पर्यटन पदमार्ग निर्माण कार्य अगाडी बढाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.