आजको तस्वीर : गौरीधाम शिव मन्दिरमा शिव पूजन !

कविता घर्तीमगर, बागलुङ २०७६ साउन ६ । बागलुङ नगरपालिकाको उपल्लाचौरमा निर्माण गरिएको गौरीधाम शिवमन्दिर श्रद्धालुहरुका लागी धार्मिक गन्तव्य बनेको छ । सदरमुकाम क्षेत्रमा निर्मित गौरीधाम मन्दिरमा प्राय सोमबार र अन्य तिथीहरुमा भगवान शिव माता पार्वतीको पूजा अर्चनाका लागी श्रद्धालुहरुको भीड लाग्ने गर्दछ ।

गौरीधाम शिव मन्दिरमा खासगरी साउन महिनामा पर्ने सोमबार र शिवरात्रिमा विशेष धार्मिक अनुष्ठान गरिन्छ । यस अवसरमा श्रद्धालुहरु बिशेष उत्साह पूर्वक पूजाअर्चनामा व्यस्त रहन्छन् ।

आज २०७६ साल साउन महिनाको पहिलो सोमबार गौरीधाम शिवमन्दिर पुग्ने श्रद्धालुजनको बाख्लो उपस्थिति रहेको छ । गौरीधाममा भजन कीर्तन चलिरहेको छ भने महिलाहरु नृत्य गरिरहेका छन् । भगवान शिव तथा माता पार्वतीलाई प्रशन्न पार्न विविध कार्यक्रमहरु जारी रहेका छन् ।

साना साना बालबालिका देखी युवा युवती बृद्धबृद्धाहरुको गौरीधाम दर्शनका लागी आउने क्रम जारी रहेको छ ।

यो पनि पढौं-
आजको तस्वीर : गौरीधाम शिवमन्दिरमा श्रद्धालुको घुँईचो !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *