पाण्डवखानीमा एक हप्ते आधारभूत पत्रकारिता तालिम जारी !

कौरव खत्री गल्कोट पाण्डवखानी २०७६ साउन ६ । पान्डवखानी अनलाइन खबरको आयोजनामा पाण्डवखानीमा सञ्चालन भइरहेको एक हप्ते आधारभूत पत्रकारिता तालिमको पाचौ दिन पनि विविध विषयमा तालिम दिईएको छ ।

आईतवार पत्रकारिता तालिमको पाचौ दिनका अवसरमा बोल्दै कार्यक्रमका विशेष अतिथी समाजसेवी मानसिंह छन्त्यालले पत्रकारिता तालिम समय सान्र्दभिक भएको बताए ।
साथै समाजसेवी छन्त्यालले युवा पुस्ताहरुले यसको सिको गरेर बोल्ने र लेखन शैलीमा अगाडी बढ्न तालिमका सहभागिहरुलाई आग्रह गदै तालिमले धेरै अवसर जन्माउने र हरेक कुरालाई चासो दिएर पान्डवखानीको वृद्धि विकासमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । साथै तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सहभागिहरुलाई आग्रह गरे ।

तालिमका अवसरमा गलकोट नगरपालिका १० का वडा सदस्य रामप्रसाद विक, पान्डवखानी अनलाइन खबरका सञ्चालक सुरेश छन्त्याल लगायतको विशेष उपस्थिति रहेको थियो । तालिममा पत्रकार तथा प्रशिक्षक कौरव खत्रीले समाचार लेखन,अन्तर्वार्ता,रिपोर्ट लगायतका विषयमा प्रशिक्षण दिएका थिए । तालिममा २७ जना महिला पुरुष युवा युवतीहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.