‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ …’ गीतका लोकप्रिय गायक स्व. अरुण थापाको संझना !

कलाकार स्व.अरुण थापामगर राष्ट्रको सपुत भएकाले राज्यले उनको सम्झना गर्नुपर्छ- बुढामगर

बागलुङ २०७६ साउन ६ । कलाकार स्वर्गीय अरुण थापामगरको बागलुङमा सम्झना गरिएको छ । मुर्चुङ्गा कलाकार समूहले अरुण थापाको २० औं स्मृति दिवसको अवसरमा अरुण स्मृति साँझको आयोजना गरी कलाकार थापाको सम्झना गरिएको हो ।

स्मृति साँझको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रीय सदस्य एवं तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले कलाकार अरुण थापामगर राष्ट्रको सपुत भएकाले राज्यका निकायहरुले उनको सम्झना गर्नुपर्ने बताए । ‘अरुण थापामगर एउटा मगरको पेवा जस्तै गरेर हामीले मात्रै हरेक वर्ष उनको सम्झना गर्ने गरेका छौं,’ बुढामगरले भने, अरुणले नेपाली गीत संगीतको माध्यमबाट विश्वमा नेपालको पहिचान दिलाउन निकै ठूलो भूमिका खेलेका छन् । उनको योगदानलाई राज्यले सम्झनुपथ्र्यो, विडम्बना भन्नुपर्छ त्यसो हुन सकेको छैन ।’ कलाकारहरु राष्ट्रको पहिचान भएकाले उनीहरुको जिम्मेवारी पनि सरकारले लिनुपर्ने बुढामगरको भनाई छ । ‘जीवनको अन्तिम घडीमा अरुण थापाले जून प्रकारको दर्दनाक दुःख पाएर मृत्युवरण गर्नुप-यो, अहिले पनि कलाकारहरुको अवस्था उस्तै छ,’ बुढामगर भन्छन्, आफ्नो कला र सिर्जनाबाट देश विकास र पहिचानका लागि योगदान गर्नेहरुको सही मुल्याङ्कन हुनु जरुरी छ ।’

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङका अध्यक्ष संगम घर्तीमगरले अरुण थापाको जीवनीबारे जानकारी गराएका थिए । विक्रम संवत २००९ साल माघ ११ गते बुबा गुञ्जप्रसाद थापा र माता शान्ति थापाको जेठो सन्तानको रुपमा जन्मिएका अरुण थापाले नेपाली गीत संगति क्षेत्रलाई थुप्रै कालजयी गीत सुम्पिएका छन् ।

२०३४ सालमा अरुण थापाले गाएको ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ..’ बोलको गीत बीबीसीले गरेको विश्व सर्वेक्षणमा विश्वका उत्कृष्ट १० गीतमध्ये सातौं स्थानमा पर्न सफल भएको थियो । थापाले गाएका ‘जति माया लाए पनि …..’ चोट के हो व्यथा के हो लगातयका धेरै गीतहरु अहिले पनि चर्चित छन् । प्रेम र विवाहमा असफलता व्यहोरेपछि नशालु पदार्थ सेवनमा लागेका थापाको कलेजोका हेपाटाईटिस ‘बी’ कारण २०५६ साल साउन ५ गते ४७ वर्षको अल्पायुमै निधन भएको थियो ।

नेपाली गीत संगीतको क्षेत्रलाई विश्वसामु चिनाउने नेपाली सपुतलाई राज्यले नसम्झिएपछि आफुहरुले कार्यक्रम गरी सम्झना गरेको कार्यक्रम संयोजक मन पुनले बताए । अरुण थापाको योगदानको सम्झना गर्नुपर्छ भनेर हामीले कार्यक्रम ग-यौं,’ उनले भने, नयाँ पुस्तालाई अरुण थापाको गीत र उनको जीवन भोगाईबारे जानकारी गराउनुपर्छ भन्ने मान्यताले यो कार्यक्रम गरिएको हो ।’

कार्यक्रममा मुुर्चुङ कलाकार समुहका अध्यक्ष किशोर थापा, कलाकारहरु प्रकाश थापा, प्रेम बुढा, कमल श्रीस, हुमन थापा लगायतले अरुण थापाको गीतका प्रस्तुत गरे । उनीहरुले अरुणका करौडौ मुटुहरु, ऋतुहरुमा तिमी, भुलु लाग्यो मलाई, जति माया लाए पनि, चोट के हो व्यथा के हो लगायतका आधा दर्जन बढि गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रम संयोजक मन पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत किशोर थापा र सञ्चालन हुमन थापाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.