प्रयाप्त वर्षा नहुनाले खेत बाँझै, रोपेको खेतमा धाँजा फाटे, धानबाली बिग्रिएकोमा किसान चिन्तित !

बागलुङ २०७६ साउन ६ । यस वर्ष बागलुङ जिल्लामा प्रयाप्त वर्षा नहुनाले किसानले धान रोप्न पाएका छैनन् । सिँचाईको सुविधा नभएका जिल्लाका विभिन्न क्षेत्रका धान खेती योग्य जमिन बाँझै छन् । सानोतिनो पानी आउँदा झ्याप झुप् धान रोपाई गरेका किसानहरु प्रयाप्त वर्षा नहुनाले धान खेतमा धाँजा फाटेको देखेर चिन्तित छन् । धानको बीउ बियाडमा सुकिरहेको छ, किसानहरुले धान रोपाईँ गर्न पाएका छैनन् । यनकेन प्रकारेण धान रोपेपनि चाहिनेबेला पानी नपर्नाले धान उत्पादनमा ह्रास आउने किसानहरु बताई रहेका छन् ।

बागलुङ सदरमुकाम नेरा घेरामा वर्षा कम हुनाले धेरैको खेतमा धान रोपाईँ हुन सकेको छैन । कसैले धान रोपाईँ गरेको भएपनि वर्षाको अभावमा खेतमा धाँजा फाटेको किसानहरु बताई रहेका छन् । सहकर्मी कृष्ण सापकोटाले दिएको जानकारी अनुसार पानी नपर्नाले बागलुङ नगरपालिका- वडा न ६ को पन्चकोट क्षेत्रमा धान रोपाईँ हुन सकेको छैन, धान उत्पादनमा ह्रास आउने भयो भन्दै स्थानीय किसान चिन्तित रहेका छन् । बागलुङ नगरपालिका भित्रका बिभिन्न वडाहरुमा प्रयाप्त पानी नपर्नाले धान रोप्न किसानहरुलाई समस्या परेको छ । रायडाँडाका किसानहरु पानी नभएर धान रोप्न नपाएको दु:खेसो पोखीरहेका छन् ।

कुस्मीसेराबाट सहकर्मी सन्ध्या आचार्यले दिएको जानकारी अनुसार जिल्लाको दक्षिण भेग कुस्मीसेरा आसपासमा वर्षात नहुनाले कतिले त रोपाई गर्न पाएका छैनन् भने रोपेको खेतपनि पानी नहुँनाले सुकेको छ । किसानहरु निराश छन् ।

मुलुकको राजधानी लगायत पूवी दक्षिणी भागमा प्रशस्ता वर्षा भएर ठुलो क्षती व्यहोर्नु परेको दुखद समाचार प्रकाशमा आईरहेपनि बागलुङ जिल्लामा प्रयाप्त पानी नपर्नाले बालीनालीलाई अपुरणीय क्षेती पुराएको छ । अधिकांश आकासे पानीको भरमा रोपाईँ हुने बागलुङ जिल्लामा यस सिजनमा प्रयाप्त वर्षा नहुनाले धान उत्पादन घट्ने चिन्तामा किसानहरु देखिन्छन् ।
तस्वीर: कृष्ण सापकोटा बागलुङ नगरपालिका-६, पन्चकोट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *