साउन महिना, भगवान शिवको महिना : आज साउनको पहिलो सोमबार शिवालयहरुमा श्रद्धालुहरुको भीड !

बागलुङ २०७६ साउन ६ । आज साउन महिनाको पहिलो सोमबार भगवान शिवको मन्दिर एवं शिवालयहरुमा सबेरै देखी श्रद्धालुहरुको भीड लागेको छ । बागलुङ सदरमुकाम स्थित कालिका भगवती मन्दिर, उपल्लाचौर स्थित गौरीधाम, बिहुँ स्थित त्रिपुरेश्वर महादेव, पर्वतको कुस्मा स्थित गुप्तेश्वर, खनियाबास स्थित शिवालय, सहश्रधारा स्थित शिव मन्दिर, म्याग्दीको गलेश्वरधाम लगायतका मन्दिरहरुमा श्रद्धालुहरु कालीगण्डकी (पवित्र जल) मा स्नान गरी भगवान शिव पार्वतीको पूजा अर्चनाका लागी एकत्रित भएका छन् ।

बागलुङ नगरपालिका ४ उपल्लाचौर स्थित गौरीधाम शिवमन्दिरमा श्रद्धालुहरु ।
हिन्दु धर्मावलम्वीहरुमा साउन महिनाको सोमबारले विशेष महत्व राख्दछ । सोमबार चन्द्र ग्रहको दिन मानिन्छ र चन्द्रमाको नियन्त्रक भगवान शिव मानिन्छ । त्यसैले आज पूजादि गर्नाले भगवान शिवको कृपा मिल्छ भन्ने मान्यता रहि आएको छ । साउन महिनाको प्रत्यक सोमवार विधिपूर्वक भगवान शिवको पूजा अराधना गरेमा रोगव्याध लगायतका अन्य बाधाहरुबाट पार पाउने विश्वासका साथ श्रयद्धालुहरुले शिव मन्दिरहरुमा पूजार्चना गर्दछन । साउन महिनामा पर्ने सोमवारहरुमा विवाह तथा सन्तानको समस्याहरुबाट पार पाउनका लागी भगवान शिवको पूजा पाठ गरिदै आएको छ ।

हिन्दु धर्ममा सोमवारको दिन भगवान शिवको पूजा-अर्चना गर्नाले भगवान शिव प्रशन्न हुन्छन भन्ने मान्यता रहेको छ । त्यस्मा पनि साउन महिनामा पर्ने सोमबारहरुमा भगवान शिवको पूजा-अर्चना गर्नाले विशेष फल मिल्छ भन्ने विश्वास श्रद्धालु भक्तहरुमा रहेको हुन्छ ।

काठेखोला गाउपालिका बिहुँ रामकोट स्थित त्रिपुरेश्वर महादेव मन्दिरमा श्रद्धालुहरु ।
हिन्दु धर्मको पौराणिक मान्यता अनुसार साउन महिना भगवानकोे प्रिय महिना मानिन्छ । जब सनत कुमारहरुले भगवान महादेवसंग साउन महिना प्रिय लाग्नुको कारण सोधे तब भगवान महादेवले देवी सतीले अपm्ना पिता दक्ष प्रजापतिको घर (माईती)मा योगशक्तिबा शरीर त्याग गर्नु पूर्व उनले महादेवलाई हरजन्ममा पतिको रूपमा प्राप्त गर्ने प्रण गरेकी थिईन्। आफ्नो दोश्रो जन्ममा दूसरे सती देवीले पार्वतीको रुपमा जन्म लिईन। पार्वतीले जवानीको अवस्थामा साउन महिनामा निराहार बसेर कठोर ब्रत गरिन् र आफु (भगवान शिव) लाई प्रशन्न गराई बिबाह गरेकाले साउन महिना विशेष भएको प्रशंग उल्लेख छ ।

साउन महिनामा भगवान शिवलाई अभिषेकका साथ विशेष पूजा गरिन्छ । यसमा भगवान शिवलाई जल, दुध, दही घ्यू चिनी, गंगाजल आदिले स्नान गराईन्छ । भोगको रुपमा धतुरो भांग, श्रीफल भगवान शिवलाई चढाईन्छ ।

साउन महिना हिन्दु नारीहरुका लागी खास महत्व राख्दछ । नेपाली नारीहरुका लागि साउन महिना हरियो चुरा, पहेँलो पोते र मेहन्दीको महिना हो । यस महिनामा सानासाना नानीहरु देखी सबै उमेरका महिलाहरुले चुरा, पोते र मेहन्दी लगाउने फेशन नै बनेको छ । यो संस्कृतिले किशोरी, युवती, वयस्क सबै उमेर समूहलाई छोएको छ । यस महिनामा नेपाली नारीहरु हरियो वस्त्र पहिरनमा लालायित हुन्छन भने हातमा हरियो चुरा, पहेँलो पोते र मेहन्दी लगाएर भगवान शिव प्रति समर्पण भावले पूजार्चनामा व्यस्त रहन्छन् । नेपाली पात्रो अनुसार यो वर्ष साउन महिनामा चार सोमबार परेका छन् । यस पहिरनमा भगवान शिवको आरधना गरे आफ्ना पतिदेवलाई दीर्घायु प्राप्त हुने नेपाली नारीहरुको विश्वास छ ।

साउन महिनाका सोमबार शिव मन्दिर र शिवालयहरुमा बढी संख्यामा महिलाहरुको सहभागित रहने गर्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.