निसीखोलामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो निर्माण !

कौरव खत्री, बागलुङ २०७६ साउन ६ । निसीखोला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो निर्माण कार्य सम्पन्न भएको छ ।
गाँउपालिकाको वडा नं. ५ मा विनियोजन गरिएको ४ लाख रुपैयाँको वजेटले बडा वनखोला, मसलगाउँ, सिनखुं खण्डको करिव दुई किलोमिटर गोरेटो बाटोको स्तरोउन्नति गरिएको हो ।
गोरेटो बाटोको स्तरोन्नतिसँगै मसलगाउँ सिनखुं क्षेत्रका करिव ७० घरधुरीका स्थानीयबासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएको समाजसेवी हेम सापकोटाले जानकारी दिए ।
विगतमा पहिले भारी बोकेर आवात जावत गर्न तथा गाईबस्तुलाई तलमाथि गराउन निकै गाह्रो रहेकोमा गोरेटो बाटो निर्माण भएपछि स्थानीय बासिन्दाहरुलाई सहजता थपेको छ ।
साथै वडा समितिको निर्णय अनुसार मसलगाउँ क्षेत्रको बाटोको निकै समस्या देखेर केही काम सम्पन्न भएको हुदा वजेटको सीमितताले गर्दा बाँकी सिनखुं सम्मको गोरेटो बाटो पु¥याउनका लागि पर्ने निसीखोला गाँउपालिका ५ का वडाअध्यक्ष हर्कमान घर्ति मगरले बताए ।

निर्माण कार्यमा बेरोजगार फर्म भरी नामलिष्टमा नाम प्रकाशित भएका वडा भित्रका १ सय १३ जना बेरोजगार युवा युवतीको सहभागितामा उक्त गोरेटो बाटो निर्माण गरिएको थियो । सो गोरेटा बाटो १३ दिन लगाएर निर्माण गरिएको थियो भने उक्क्त कार्यक्रमको संयोजन वडा नं ५ का वडा प्रतिनिधि टंक प्रसाद पुन(तेजेन्द्र) ले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.