गुल्मीमा तेश्रो किस्ता लिने भूकम्प प्रभावितको संख्या कम !

मनु सुनार, गुल्मी २०७६ साउन ५ । राष्ट्रिय पुर्ननिर्माण प्रािधिकरण केन्द्रिय आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाई गुल्मीले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगति समिक्षा गरेको छ । आज सदरमुकाम तम्घासमा जिल्लाका १२ वटै स्थानीयतहका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवालाहरु बिच वार्षिक प्रगति समिक्षा गरिएको हो ।

गुल्मी जिल्लामा निजि आवास,भूकम्पबाट क्षति भएका विद्यालय,स्थानीय पूर्वाधार,छुट तथा पुनःजाँच सर्वेक्षण,जोखिम वस्ती स्थानान्तरण तथा पुननिर्माण,गुम्बा पुर्ननिर्माणको क्षेत्रमा यसले काम गरीरहेको छ । निजि आवाश पुर्ननिर्माण अन्र्तगत ४ हजार ४ सय ४४ जना लाभग्राही रहेका छन् । जसमध्ये ३ हजार ९ सय ६४ जनाले प्रथम किस्ता लिएका छन् ।

दोश्रो किस्ता २ हजार ५ सय २४ जनाले प्राप्त गरेका छन् । १ हजार ५ सय २३ जनाले तेस्रो किस्ता प्राप्त गरेका जिल्ला आयोजना कार्यान्वयन इकाई गुल्मीका निमित्त आयोजना प्रमुख इंन्जिनियर पारस पन्थीले जानकारी दिनुभयो । दोश्रो र तेस्रो किस्ता गरी ७७ जनाले एकमुष्ठ अनुदान प्राप्त गरेका छन् ।

प्रवलिकरण लाभग्राही १ सय ९५ रहेका छन् । जसमा २६ जनाले प्रथम किस्ता लिएका छन् । निजि आवास पुननिर्माण अन्र्तगत बुझेको रकम स्वःइच्छाले पाँच जनाले रकम फिर्ता गरेका छन् । त्यसो त निजि आवास पुननिर्माण सम्बन्धि समस्याहरु पनि देखिएका निमित्त प्रमुख पन्थीले जानकारी दिए ।

उहाँका अनुसार पूर्ण क्षति लाभग्राही सम्बन्धमा मापदण्ड विपरित बनेका घरहरु,जसको समाधानको उपाय दिईएको र सो बिना सम्बन्धित पछिल्लो किस्ता फुकुवा नहुने बताईएको छ ।

भूकम्पबाट क्षति भएका बिद्यालयको पुननिर्माण

आर्थिक वर्ष २०७५÷०७६ मा गुल्मीमा ४३ वटा विद्यालय पुननिर्माणको लागि सम्झौता भएका थिए । सम्झौता भएका अधिकांश विद्यालयहरुको पुननिर्माणको प्रगति ८१ प्रतिशत तथा आगामी आर्थिक वर्षको पौष महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पन्थीले बताए ।

सोही आर्थिक वर्षमा थप ४३ वटा विद्यालय र ३४ वटा शौचालय पुननिर्माणको कोटा उपलब्ध भएकोमा सम्पुर्णको सम्झौता भई प्रथम किस्ता उपलब्ध समेत गराईएको छ ।
विद्यालय पुननिर्माण कार्यक्रमहरु यस आर्थिक वर्ष २०७६÷७७ देखि केही दिनमा स्थापना हुन गईरहेको जिल्ला आयोजना कार्यान्वयन इकाईद्धारा कार्यान्व्यन हुने उनले बताए ।

स्थानीय पूर्वाधार पुननिर्माण

स्थानीय पूर्वाधार पुननिर्माण अन्र्तगत विभिन्न सडक निर्माणको कार्य पनि भईरहेको छ । जसमा पुर्तिघाट–फोक्सिंग सडकको पुननिर्माण तथा पुस्थापनाको कार्य भईरहेको छ । यो २०७६ मंसिर १८ गते सम्म सम्पन्न गर्नुपर्ने छ । यस्तै लुंग खोला पुलको पुननिर्माणको कार्य पनि गरिने उनको भनाई थियो ।

जोखिमयुक्त वस्ती स्थानान्तरण तथा पुर्ननिर्माण कार्यक्रम

आर्थिक वर्ष २०७४÷७५ मा गुल्मी जिल्लाको मदाने गाउँपालिकाको सिर्सिनी र धुर्कोट गाउँपालिकाको वाग्ला गरि कुल ५० जना लाभग्राहीको वस्ती जोखिमयुक्त भएकोले उक्त वस्तीलाई जोखिम रहित स्थानमा स्थानान्तरण गर्नका लागि एकमुष्ट जग्गा खरिद गरिएको पन्थीले बताए ।

उक्त एकिकृत वस्तीको विस्तृत आयोजना प्रतिवेदन (म्एच्) सम्बन्धित स्थानीय तहबाट प्राप्त भैसकेपश्चायत स्वीकृतिको लागि केन्द्रिय आयोजना कार्यान्वयन इकाईका पठाई बजेट माग गरिने छ । वस्तीमा तोकिएको खरिद प्रक्रियाद्धारा पूर्वाधार,सडक,खानेपानी,बिद्युतीकरण प्रतिघरधुरी ४ लाख हुन आउने रकमबाट निर्माण गरिने इन्जिनियर पन्थीले जानकारी दिए ।

गुम्बा पुर्ननिर्माण कार्यक्रम

आर्थिक वर्ष ०७४/०७५ मा गुलमी जिल्लामा रेसुङ्गा नगरपालिका–६ स्थित विश्व शान्ति गुम्बा पुर्ननिर्माण गर्नु पर्ने कार्यक्रम स्वीकृत भएको आर्थिक वर्ष ०७५÷७६ मा उक्त गुम्बा पुर्ननिर्माण कार्यको लागि केही रकम प्राप्त भएता पनि सो गुम्बा पुननिर्माणका लागि नाप÷नक्सा÷डिजाइन÷लागत इष्टिमेट स्वीकृत भई प्राप्त नभएकाले बजेट फ्रिज हुन गएको पनि पन्थीले बताए । कार्यक्रममा विभिन्न नगरपालिका,गाउँपालिकाका प्रमुख तथा प्रतिनिधि लगायतले सुझाव समेत प्रस्तुत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *