व्यंग्य कविता : रोपाई जात्रा !

फुकालेर हरका लुगा धानका बिउले छोपी
कोहिले ला छन् शिरै माथि बनाएर टोपी !

सम्मान हो कि, अपमान हो बिचित्रै छ आज
हरको बस्त्र हटाएर बिउले छोप्छन् लाज !

खेतमा रोप्ने बिउ कठै होटल भित्र गा छ
मनि प्लान्टको हाँगो सरि गमलामा ला छ !

गमलामै फूलोस फलोस त्यहि झुलोस बाला
जसले रोप्छ गमलामा त्यसले त्यहि खाला

नभरिएमा उसको भूँडी त्यो धानका भातले
गमलाकै माटो खाओस उभाएर हातले

कसैको छ शिरै माथि टोपी जस्तो गरि
देखिएको टाउको आज खेतको गरा सरि !

उखरभूमि त्यो टाउकोमा क्यारी बिउ उम्रो ?
थोपरोकी हिलो कतै मार्छु भनि जुम्रो !

ढाक्नु पर्ने तिम्रा अंग धानका बिउले छेक्दा
लत्रिएर तन्द्रांग तुन्द्रूग लटा सरि देख्दा

तर्शिएलान बच्चा वच्ची बनमान्छेमा गनी
सातो जाला झस्किएर यसले छल्छ भनि !

धर्ति स्वरुप नारी शरीर बस्त्र लगाई छोप
दुइटा गाभा किन नहोस खेतमै लगी रोप

बाँझै छाडी खेत सबै रोपाई शरीर भरि
बस्त्र सरि धानको बिउ कम्मर वरिपरि

कृषि प्रधान देशमा आज कठै यस्तो चाला !
रोप्ने बिउका भित्रि बस्त्र अनि गला माला !

खेतै भरि बनमारा घांटीभरि धान छ
बिदेशी त्यो रद्दी चामल मिठो मानि खान्छ !

धानकै बिउका माला बस्त्र अनि माथि केश
कृषि प्रधान शरीर भयो भएननि देश !

अर्जुन राज पन्त
मुलपानी बागलुङ, हाल टेक्सास अमेरिका

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.