नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागलुङ ईन्चार्ज र सहईन्चार्ज दुबै महिला !

बागलुङ २०७६ साउन ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्लामा ईन्चार्ज र सहईन्चार्ज तोकेको छ । बागलुङ जिल्लाको ईन्चार्जमा बलावती शर्मा र सहईन्चार्जमा मन कुमारी केसी जीसीलाई तोकेको छ ।

बागलुङ जिल्लामा ईन्चार्ज र सहईन्चार्ज दुबै पदको जिम्मेवारी महिला नेतृहरुलाई दिईएको छ । ईन्चार्ज बलावती शर्मा संघीय सांसद देबेन्द्र पौडेलकी श्रीमती हुन् भने सहईन्चार्ज मन कुमारी केसी (जीसी) संघीय सांंसद हुन् ।

यसैगरी मुस्ताङ जिल्लाको ईन्चार्जमा श्रीमायाँ थकाली, म्याग्दीमा भुपेन्द्रबहादुर थापा र पर्वत जिल्लामा गुप्तबहादुर ठकुरीलाई तोकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *