आफ्नै बाबुले चलाएको जिपले किच्दा ७ वर्षिय छोराको मृत्यु !

भरत सापकोटा, बागलुङ २०७६ साउन ५ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा जिपले किच्दा ७ वर्षिय बालकको मृत्यु भएको छ ।

शनिबार राती ८ बजे ग १ ज ७१८१ नम्बरको पीकअप जीपका चालक शशिलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक गर्दा चालककै छोरा ७ बर्षिय सलिन थापालाई किच्न पुग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक झपिन्द्रप्रसाद भट्टराईले ईबागलुङलाई जानकारी दिए ।

बागलुङ बजारबाट यात्रु तथा सामान ओसारपोसार गर्ने जिप राती घर नजिकै पार्किङ गरेर राख्ने क्रममा एक्कासी बालकलाई किच्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको विषयमा विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *