आजको तस्वीर : सिमसिम पानीमा, छाता ओढेर… !

बागलुङ २०७६ साउन ५ । त्यसो त, छिमेकी जिल्लामा जस्तो सदरमुकाम वरपर अग्ला र लामा पुलहरु बागलुङमा निर्माण भैनसके अवस्थामा सदरमुकाम बागलुङ बजार चिप्लेटी देखी साल्बोट जोड्न काठेखोलामा निर्माण गरिएको झोलुंगे पुल आकर्षणको केन्द्र बनेको छ । झोलुंगे पुलको पारी साल्बोट पट्टीको प्राकृतिक हरियाली दृश्यले अबलोकनकर्ताहरुको ध्यानाकृष्ट गर्न निकै सफल छ ।

काठेखोलाको धेरै गहिराई माथी रहेको यस झोलुंगे पुलबाट सदरमुकाम पारी तिरका दर्जनौ गाउँबस्तीका स्थानीयहरु दिनहुँ आवत जावत गरिरहेका हुन्छन । पुलबाट वारपार गर्नेहरुको ताँती नै लाग्छ । यतिमाात्र नभएर काम विशेषले बागलुङ बजार आउने जिल्लाबासी र अन्य जिल्लाबाट आउने आन्तरिक पर्यटकहरुको पनि पुलमा घुईँचो देख्न सकिन्छ ।

हिँजो शनिवार साँझ पख सिमसिम पानी (झरी) परिहेको अवस्थामा बागलुङ जिल्लाको सुदूर पश्चिम निसीखोलाका युवतीहरु सो झोलुंगे पुल अवलोकन गर्दाका तस्वीरहरुले पुलको आकर्षणलाई उजागर गरेको छ । झरी, बादल, घाम पानी, हवा, हुरीहरुसंग लडीबुडी खेल्दै युवतीहरुले काठेखोला र साल्कोटको प्राकृतिक रमणीयताको रसस्वादन गरेका छन् ।

तस्वीर सौजन्य : कविता घर्तीमगर, निसीखोला ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.