गजल : हेर, देश लुट्नेलाई साउदी, दुबई, कतार चाहिँदैन !

कृषकहरुले त फलाउने कुहाउने मात्र हो वजार चाहिँदैन।
यी व्यापारीलाई पनि गाउँले उत्पादन व्यापार चाहिँदैन।।

प्रायः जनता वुझ्ने भएका छन् अव त पाखा लगाउँछन्।
तुक छैन आँखा नलगाउ तिम्रो नेतृत्व वारवार चाहिँदैन।।

यहाँ केही लुट्न नसक्नेहरु पो पशिना वेच्न विदेशीने हो।
हेर देश लुट्नेलाई साउदी, दुबई, कतार चाहिँदैन।।

पेट पाल्न अनि चारो खोज्नकै लागि प्रदेशी भको हुँ म।
भन्दैन कहिल्यै चराले गुँड मौरीले रानो घार चाहिँदैन।।

तिमीले पनी श्रृङ्गार गरुञ्जेल छेवैमा आई मुस्कु-याऊ।
थाह छ त फूल र जूनलाई कहिल्यै श्रृङ्गार चाहिँदैन।।

निर्मल पौडेल एन.पि.घायल
कुस्मा पर्वत ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *