बागलुङमा ४ हजार भन्दा बढीले लोकसेवा आयोगको परीक्षा दिए !

बागलुङ २०७६ साउन ५ । स्थानीय तहकोलागी आवश्यक पर्ने कर्मचारीका लागी लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन अनुसार शुक्रबार र शनिबार गरी बागलुङ सदरमुकाममा लिईएको परीक्षामा ४ हजार भन्दा बढी परीक्षार्थी सहभागी भएका छन् ।

प्राप्त जानकारी अनुसार शुक्रबार अधिकृत छैठौँ तहमा ३ सय ३७ जनाले परीक्षा दिएका थिए भने हिँजो शनिवार नासु तहमा करीब १६ सय र खरीदार तहमा २३ सय जनाले परीक्षा दिएका छन् ।

तीनै पदको परीक्षा शान्तिपूर्ण सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *