जिल्ला अदालत बागलुङव्दारा ७२.१३ प्रतिशत ४ सय ५३ थान मुद्दा फछ्र्यौट !

कोपिला कंडेल, बागलुङ २०७६ साउन ३ । जिल्ला अदालत बागलुङमा चालु आर्थिक बर्ष २०७५/७६ मा ७२.१३ प्रतिशत मुद्दा फछर्यौट भएका छन् । चालु आर्थिक बर्षमा ७० प्रतिशत मुद्दा छिन्ने लक्ष्य राखिएकोमा ७२.१३ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितले जानकारी दिए ।

गत बर्ष जिम्मेवारी सरी आएको १ सय ४४ र यो आर्थिक बर्षको ४ सय ८४ गरी जम्मा ६ सय २८ थान मुद्दा मध्य असार ३१ गते सम्म ४ सय ५३ थान मुद्दा फछ्र्यौट गरिएको न्यायाधीश पण्डितले बताए । उनका अनुसार गत बर्ष भन्दा यो बर्ष ४५ थान मुद्दा बढि फछ्र्यौट गरिएको हो । गत बर्ष ४ सय ८ थान फछ्र्यौट गरिएको थियो । यो बर्ष जीम्मेवारी सरी आएका र हाल परेका गरी ६ सय २८ थान मुद्दा मध्य ४ सय ५३ थान फछर्यौट भएको र फर्छौट गर्न बाकी १ सय ४२ थान मुद्दा अबको आर्थिक बर्षमा फछ्र्यौट गर्ने न्यायाधी पण्डितको भनाई थियो । फछर्यौट गर्न बाकी मुद्दा मध्य १ सय ४२ थान ६ महिना भित्रका र ३३ थान ६ महिना देखी १ बर्ष भित्रका रहेको अदालतले जनाएको छ ।

गत बर्षको जिम्मेवारी सरेको ६६ हाल परेको ३ सय ३ गरी जम्मा ३ सय ६९ मुद्दा मध्य यो आर्थिक बर्षको अन्त्य सम्म २ सय ४० फछ्र्यौट भएका छन् । त्यसैगरी ब्यक्तिबादी फौज्दारी जिम्मेवारी सरेको ५५ हाल परेको ८८ गरी १ सय ४३ मध्य १ सय २४ थान फछ्र्यौट, त्यस्तै सरकारबादी फौज्दारी तर्फ जिम्मेवारी सरेको २१ हाल परेको ८९ गरी १ सय १० मध्य फछ्र्यौट संख्या ८४ त्यस्तै गरी ब्यक्तिबादी देवानी १ थान र सरकारबादी फौजदारी जिम्मेवारी सरेको १ र हाल परेको ३ गरी ४ गटै फछ््र्याैट भएको अदालतले जनाएको छ । त्यसैगरी फुटकर निबेदन ९० र निषेधाज्ञा १ परेकोमा सबै फछ्र्यौट गरीएको न्यायाधी पण्डितले जानकारी दिए ।

जनताको न्याय पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि अदालत लागिपर्ने न्यायाधी पण्डितले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.