प्रगतिशिल युवा परिवार हिलले तीजको अबसरमा बिभिन्न कार्यक्रम गर्ने !

मन्दिप निउरे, ताराखोला (हिल) २०७६ साउन ३ । बागलुङको ताराखोला गाउँपालिका वाड नम्बर ३ हिलमा रहेको प्रगतिशिल युवा परिवार काक्राखोरले महिलाहरुको महानपर्ब हरितालिका तीजको अबसरमा क्लबको २६ औ बार्षिबोत्सव विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्ने भएको छ । देश बिकाशमा हाम्रो प्रतिबद्धता हरेक निति नियममा युवाहरूको सक्रिय सहभागिता भन्ने मुल नाराको साथ भदौको १३ गते देखि १६ गतेसम्म विभिन्न कायक्रम गर्न लागेको क्लबका अध्यक्ष कर्ण बहादुर भण्डारीले बताए ।

कार्यक्रमको अबसरमा ताराखोला गाउँपालिका वाड नम्बर ३ भित्रको साबिकको पुरुष भलिबल प्रतियोगिता प्रथम हुने समुहले २५ हजार बराबरको खसी ,व्दितिय हुने समुहले १५ हजार बराबरको बोको, तीज गीत प्रतियोगिता प्रथम हुने समुहले २० हजार , व्दितिय हुने समुहले १२ हजार ,तृतियय हुने समुलले ८ हजार ,सान्त्वना हुने एक समुहले २ हजार ,महिला वक्तृत्वकला प्रतियोगिता प्रथम हुने समुहले ५ हजार , व्दितिय हुने समुहले ३ हजार तृतिय हुने समुहले २ हजार महिला कुर्सी दौड प्रतियोगितामा प्रथम हुने समुहले २ हजार व्दितिय हुने समुहले १ हजा तृतिय हुने समुहले ५ सय, भाले छुने प्रतियोगितामा बिजय हुनेले भाले र १ हजार ूपयाँ प्राप्त गर्ने क्लबका सचीव मन्दिप निउरेले बताए ।

कायक्रमलाई सफल पार्नको लागी आर्थिक समिती गठन गरिएको छ । बिदेशमा धन बहादुर खत्रीको सयोजकमा १३ सदस्यीय समिति गठन गरिएको छ समितिको सदस्यहरुमा नर बहादुर निउरे ,मदन खत्री ,दिपक लामीछाने ,खिम निउरे ,सम्मर घिमिरे ,मन्दिप निउरे ,राम प्रसाद निउरे ,नारायण घिमिरे ,मन बहादुर लामीछाने ,तेजु काकी ,शान्त खत्री ,प्रेम गिरि ,दिनेश भण्डारी रहेका छन् । त्यसैगरी नेपालको लागी नबिन लामिछानेको सयोजकत्वमा १२ सदस्यीय समिति गठन गरिएको छ , समितिको सदस्यहरूमा मन्दिप निउरे ,प्रेम गिरि तेजु काकी, मोहन भर्ताल ,दिनेश भण्डारी ,बिकास सुबेदी , कृष्ण निउरे ,कृष्ण प्रतेल ,लिल बहादुर बिक , कृष्ण बिक सोबिता निउरे लगायत रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.