मायाका गीत गाउँदै वतासे पानीमा निथ्रुक्क भिजे लोकगायक तथा सर्जक अखेली दाजुभाई !

निर्मल पौडेल, बागलुङ २०७६ साउन ३ । हुन त वर्खाको वेला हो पानीमा भिज्न रुझ्न जो पनि सक्छन् तर पनि ओडा ओढेर प्रायले भिज्नबाट शरीर जोगाउँछन् तर चर्चित लोक तथा दोहोरी गायक कृष्ण अखेली र गीतकार शिव अखेली वतासे पानीमा निथु्रक्क भिजेका छन्, त्यो पनि सवैलाई नचाएर अनि प्रेमिल मनहरुलाई हलचल गराएर ।

यहाँ भन्न खोजिएको गायिका सरस्वती लामिछानेले वजारमा ल्याएको यसपालिको तीज गीत वतासे पानीमा अखेली दाजुभाई भिज्नु सम्म भिजेका हुन् । प्राय दाजुभाई सामान्य विवाद र भनाभन अनि सम्पती र दम्पतीको नामामा सुन्दर घरपरिवार समेत फुटाएर नुन वारावार गरेको नेपाली समाजमा देख्न र वुझ्न सकिन्छ तर वागलुङको वलेवामा जन्मेका अखेली दाजुभाई यस्ता उदाहरण हुन् जो घरपरिवारलाई संगै मिलाएर राखेर पनि नेपाली लोकगीत संगीतको दुनियामा एक दशक भन्दा अगाडी देखी हातमा हात, साथमा साथ गरेर आफ्नो वर्चश्व कायम गरिराखेका छन् ।

नेपाली लोक र विद्यमान समाजका बिम्ब र प्रतिकहरुलाई टपक्क टिपेर हृदयस्पर्शी शव्द संगीत र कोकिलकण्ठ आवाजको सुमधुर मालामा उनेर वतासे पानी संगै आम स्रोता तथा दर्शक माझ उपस्थिती भएका हुन् अखेली दाजुभाई । कृष्ण शिवका भाई हुन् । लोकगीतमा कर्णप्रिय स्वरका धनी कृष्णले सवैलाई मन्त्रमुग्ध संगै सुनम सुनम गराउँछन् त उत्तिकै मीठो लय समेत सिर्जना आँफैले गर्छन् । अहिलेको तीजका लागि आधा दर्जन भन्दा वढी गीत सिर्जना गरेका शव्दका खानी शिवले जो कोहीको हृदय हल्लाउने शव्दहरु उत्खनन् गर्छन् । प्रेमी प्रेमिकाहरु विच हुने एउटा निस्वार्थी निश्चल, निर्मल, हृदयमा उत्पन्न हुने अन्र्तमनका भावनाका गुञ्जनहरु र आगाध प्रेम, अजम्वरी साईनो र गाढा सम्वन्ध भित्रका श्रृङगारिकताहरु वतासे पानीमा जो कोहिले पनी देख्न वुझ्न र महशुस गर्न सकिन्छ । गीतमा कृष्णको सुमधुर स्वर संगै लय रहेको छ । कृष्णलाई चर्चित गायिका सरस्वती लामिछानेले साथ दिएकी छन् । अहिलेका व्यस्त चर्चित मोडल दिपिशा विसी र महेन्द्र गौतमको अभिनय रहेको गीतलाई नृत्यका वादशाह शंकर विसीले निर्देशन गरेका छन् । दुर्गा पौडेलले छायाङ्कन गरेको गीत नविन घर्तिमगरले सम्पादन गरेका हुन् । एडभेञ्चर इन्टरटेन्टमेन्टले दृश्य निर्माण गरेको गीत गायक कृष्णले आफ्नै युट्युव च्यानलवाट सार्वजानिक गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.