हिलमा आयोजित साउने मेला सम्पन्न, पुरुष भलिबलमा सिद्धभैरब हरिचौर प्रथम !

मन्दिप न्यूरे, तारा हिल, २०७६ साउन ३ । हिलको पहिचान सस्कृती संरक्षण स्वस्छ समाज निर्माणमा हाम्रो अभियान भन्ने मुल नाराको साथ साउने सक्रान्तिमे ला व्यवस्थापन समिति ताराखोला गाउँपालिका वाड नम्बर ३ को २८ औ बार्षिकोत्सब विभिन्न कायक्रम सहित सम्पन्न भएको छ ।

मेलामा आयोजना गरिएको पुरुष भलिबल प्रतियोगितामा ३२ समुहको सहभागितामा रहेकोमा नगद रु ५५ हजार हात पार्दै सिद्धभैरव हरिचौर प्रथम भएको छ भने नगद ४० हजार हात पार्दै ब्राईट लोटस एकेडमी बोर्डिङ स्कूल हिल व्दितिय भएको छ ।

महिला भलिबल प्रतियोगितामा नगद २५ हजार हात पार्दै देउराली खोला व्यवस्थापन समिती जलजला प्रथम भएको छ भने सर्सती युवा क्लब पाण्डखानी व्दितिय भएको छ ।
कायक्रममा आथिक भौतिक नैतिक रूपमा सहयोग गर्ने सहयोग दातालाई सम्मान गरिएको थियो । कार्यक्रम साउने सक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष जग बहादुर घर्तिको अध्यक्षता क्लबका सदस्य हिरा बहादुर बगालेको संचालनमा सप्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.