प्रवास : बागलुङ समाज स्पेनको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: थापा चयन !

स्पेन, २०७६ साउन २ । बागलुङ समाज स्पेनको प्रथम अधिवेशन नयाँ कार्य समिति चयन गरेर सम्पन्न भएको छ । अधिवेशनमा प्रमुख अतिथी संरक्षक पुष्पा राज भण्डारीको रहेको थियो भने समाजका अध्यक्ष राजु थापाको सभापतित्व सम्पन्न अधिवेशनमा स्वागत मन्तव्य उपाध्यक्ष दीपक क्षेत्रीतथा सन्चालन सचिव सुदर्शन शर्माले गरेका थिए ।

प्रथम अधिवेशनबाट पुन राजु थापाको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन भएको निर्वाचन संयोजक बिदुर गोतमले घोषणा गरेका थिए । अधिवेशनले बिगत वर्षको कार्य समीक्षाका साथै विविध विषयमा व्यापक छलफल गरिएको थियो ।

निर्विरोध निर्वाचत नयाँ कार्यसमितिमा राजु थापा अध्यक्ष, बरिष्ठ उपाध्यक्षमा दीपक क्षेत्री, उपाध्यक्ष द्वयमा नेत्रलाल न्यौपाने,हिरालाल सापकोटा, महासचिवमा सुदर्शन शर्मा, कोषाध्यक्षमा बिकलप्रताप सिँह रहेका छन् भने सचिव पद रिक्त रहेको छ ।

समितिका सदस्यहरुमा नगेन्द्र सापकोटा, रामप्रसाद कँडेल, किरण चालिसे, सुन्दर बिष्ट, दिपेन्द्र केसी, फबिश्वर गौतम लक्ष्मणप्रताप सिँह, राजेन्द्र कँडेल, प्रवेश पौडेल, दिपक भट्टराई विकास कँडेल र सुरेश थापा रहेका छन् ्

बागलुङ जिल्लामा घर वा माईत भएका र हाल अध्ययन, रोजगारी, अन्य कारणबाट स्पेनमा रहेका बागलुङेहरुको भेलाले गत २०७५ असोज महिनामा बागलुङवासीहरुलाई भैपरी आउने समस्याहरुको समाधान एवं सहयोगका लागि बागलुङ समाज स्पेन गठन गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *