जैविक विवधतायुक्त पर्यटकीय सामुदायिक बनको अध्यक्षमा पुन केसी चयन !

कृष्ण प्रसाद सापकोटा, बागलुङ २०७६ साउन १ । जैविक विविधतायुक्त पर्यटकीय सामुदायिक बन उपभोक्ता समुह बानपा ५,६,७ को अध्यक्षमा पुनः टेक बहादुर केसी बद्रि निर्वाचित भएका छन । बनको १२ औ साधारण सभा तथा छैटौ अधिवेशनबाट केसीको नेतृत्वमा आगामी ३ बर्षको लागि १९ सदस्यिय नयाँ कार्य समिति चयन गरिएको छ । नव निर्वाचित कार्यसमितिको सचिवमा अनिता सापकोटा कोषाध्यक्षमा विपिन विश्वकर्मा र सह सचिवमा हिमाल गौतम रहेका छन ।

मंगलबार सम्पन्न साधारण सभामा वौल्दै वनका संस्थापक अध्यक्ष तथा बानपा ५का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले बैज्ञानिक वन ब्यवस्थापन गर्दा सामुदायिक वनले सावधानी अपनाउनुपर्ने र जिम्मेवार तबरबाट कार्य योजना अनुरुप कार्य गर्नुपर्ने बताउदै वैज्ञानिक वनको अवधारणा राज्यको नीति र कार्यक्रम अनुसार लागु भएको हुदा त्यसलाई अन्यथा लिन नहुने र वैज्ञानिक वनका नाममा कहि कतै दुरुपयोग भएको पाइएकाले सचेत भई कार्य गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै बन समुहका संस्थापक सचिव तथा बानपा ६का वडा अध्यक्ष खिमराज सापकोटाले सामुदायिक बनले अव पर्यटनलाई प्रबर्धन गर्ने गरि काम गर्नु पर्ने बताए । जैविक विविधतायुक्त पर्यटकिय सामुदायिक बन आफैमा ऐतिहासिक पर्यटकिय स्थल भएकाले यसको विकासमा बनको विशेष भुमिका हुने उनको भनाई थियो । प्रदेशको आखामा पनी जैविक बन रहेको हुनाले यहाँ पर्यटनलाई टेवा पुग्ने गरि काम गर्न सके समग्र बागलुङको विकासमा टेवा पुग्ने उनको भनाई थियो ।

सो अवसरमा समुहका अध्यक्ष केसीले समुहको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने समुहका कोषाध्यक्ष पदम बहादुर केसीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष ०७५,०७६ को ९ लाख २९ हजार ३४ रुपैया बराबरको आयव्यय विवरण पेस गरेका थिए ।

कार्यक्रममा सामुदायिक बन महासंघ गण्डकी प्रदेशका सदस्य कुल बहादुर कार्की, बनका पुर्व सदस्य पदम गौतम लगाएले मन्तव्य राखेका थिए ।

ंत्यस्तै अधिवेशनबाट पदम गौतमको संयोजकत्वमा अनुगमन समिति तथा गोरे किसानको संयोजकत्वमा लेखा समिति समेत गठन गरेको छ । अनुगमन समितिको सदस्यमा कृष्ण प्रसाद सापकोटा र जमुना खड्का रहेका छन भने लेखा समितिको सदस्यमा माधव सापकोटा रहेका छन ।

कार्यक्रम समुहका अध्यक्ष टेक बहादुर केसी बद्रिको अध्यक्षता सदस्य कोपिला खरेलको स्वागत तथा बैकुठ न्युरको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *