गुरु पूर्णिमा : बिद्यामन्दिर माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले यसरी गरे गुरुहरुको सम्मान !

दिनेश शर्मा, बागलुङ २०७६ असार ३१ । आज गुरु पूर्णिमा गुरुहरुको सम्मान गर्ने दिन, विभिन्न विद्यालयहरुमा विशेष कार्यक्रमहरुको आयोजना गरी गुरुहरुलाई सम्मानित गर्ने कार्यक्रमहरु भैरहेका छन् ।

बागलुङ जिल्ला सदरमुकाम स्थित मुलुक कै पुरानो विद्यालय मध्यको एक विद्यामन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले आज गुरु पूर्णिमाको अवसरमा एक कार्यक्रमको आयोजना गरी सम्मान व्यक्त गरेका छन् । आदरणीय गुरुहरु प्रति विद्यार्थीहरुले फुलमाला, खादा अबीर लगाएर सम्मान व्यक्त गरेका छन् । उनिहरुले केक खुवाएर शिक्षकहरुको मुख गुलियो गराएका थिए ।

बिद्यामन्दिर माबिको विज्ञान संकायमा अध्ययनरत बिद्यार्थीहरुले विशेष कार्यक्रमको आयोजना गरी गीत, गजल र कविता वाचन गरी गुरुहरुको महिमा वर्णन गरेका थिए ।
कार्यक्रममा सहभागी बिद्यार्थीहरुले शिक्षकहरु प्रति सम्मानको भावयुक्त गीत, गजल र कविता वाचन गरिरहँदा वातावरण निकै रोमान्चक बनेको थियो ।

कार्यक्रममा अध्यक्षता विद्यार्थी अर्जुन घर्तीको रहेको थियो भने बिद्यालयका प्रधानाध्यापक शान्तमणी ढकालको प्रमुख आतिथ्यता ं२ का इन्चार्ज मन बहादुर रोका, डिपार्टमेन्ट प्रमुख बिष्णु काफ्ले लगाएतका शिक्षकहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बिद्यार्थी गीता रिजालको स्वागत मन्तब्य रहेको थियो भने बिद्यार्थीहरुले गुरुको सहि मार्ग दर्शनले बिद्यार्थीको जीवन बदल्ने हुदा शिक्षकलाई भगवानको उपमा दिनु उचित हुने बताएका थिए ।

कार्यक्रममा बोल्दै शिक्षकहरुले बिद्यार्थीहरुको प्रगती नै शिक्षकको ठूलो सफलता हुने बताउदै बिद्यार्थीहरुको लगनशिलता र अनुशासनले गर्दा नै हामीले गौरब गर्ने अवसर पाएको विचार व्यक्त गरेका थिए । कार्यक्रम बिद्यार्थी बिबेक नेपालीको सन्चालन मा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.