जिज्ञासुका दुई गजल : फुल फक्रिएर भुइँमा झर्दा पनि बुझेनौ तिमी …

तिम्रो लागी मरिहत्ते गर्दा पनि बुझेनौ तिमी
फुल फक्रिएर भुइँमा झर्दा पनि बुझेनौ तिमी ।

एकैछिन तिमीसंग नबोल्दा छ्टपटिन्थ्यो मन
हरेक पलमा नजिक सर्दा पनि बुझेनौ तिमी ।

जति माया गरेपनी वास्ता गरेनौ सानु किन ?
तिम्रै लागी मुटु छिया पर्दा पनि बुझेनौ तिमी।

महसूस हुनेछ कुनै दिन मेरो माया कति थियो
अजम्बरी मायाको बिउ छर्दा पनि बुझेनौ तिमी ।

आफु दु:खी भएरै भएपनि तिम्रो लागी म सधै
तिम्रो ओठमा मुस्कान भर्दा पनि बुझेनौ तिमी ।
*** *** ***
मेरो माया देखावटी ठान्छौ भने के भनौ?
कोमल मुटुमा बाण हान्छौ भने के भनौ ?

कुरा गर्छन् मान्छेहरू अनेक थरी यहा
त्यही कुरा सुन्दै जान्छौ भने के भनौ ?

कुरा जता लग्यो त्यतैतिर जान्छ हेर सानु
सहिबाटो छोडेर अन्तै तान्छौ भने के भनौ ?

कतिदिनु अग्निपरीक्षा नि दिदादिँदै थाकिसके
स्वार्थको लागी मित्रता छान्छौ भने के भनौ ?

मायामा बिश्वासको डोरी बाध्न खोज्दा पनि
मलाई नै तिमी दुश्मन ठान्छौ भने के भनौ ?

सबिता खत्री (जिज्ञासु)
ताराखोला गाउपालिका-३ काक्राखोर,
बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *